शर्मिला शाक्य,जापान टोक्यो -नेवा:जागरण मंच जापानको चौथौं अधिवेशन हुने भएको छ lमन्चको हालै वसेको बैठकले विभिन्न निर्णय गर्दै मंचको चौंथौ अधिवेशन आउँदो अक्टोवर महिनामा गर्ने निर्णय गरेको हो lतेस्रो कार्य समितिलाई पुनर्गठन गर्दै चौथौं अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित समेत गरेको छlनिवर्तमान अध्यक्ष जनक राज शाक्यले बताए अनुसार विविध कारणवस मंचको अधिवेशन गर्न नसकिएकोमा क्षमा याचन गरेको छl
बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मंचका नियमित कार्यको साथ साथै चौथौं रास्ट्रीय अधिवेशनआयोजनार्थ आवस्यक सम्पूर्ण तयारी पनि गर्ने निर्णय गरिएको छ lचौथौं अधिवेशन लाई भव्य बनाउनको लागि आयोजक समितिमा निवर्तमान कार्य समितिमा रहेका अधिकांश व्यक्तिहरु सदस्यको रुपमा रहेका छन् भने केहि सदस्य पछि थप गरिनेछ पनि जोशीले जानकारी दिए l
समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रिय सदस्य श्याम तन्डुकारलाई दिइएको छlसाथ साथै आयोजक समितिलाई आवस्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ र अधिवेशन आयोजक समितिको बैठक छिटै बसी आवस्यक तयारीका साथै अन्य योजनाहरु निर्णय गर्नेछl
प्रतिक्रिया