सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:१४
वासिङटन डिसी 17:29

न्यूयोर्कमा “नेपाल डे २०२१ “ ऱ्याली सहीत महोत्सव सम्पन्न,फिप्नाद्वारा आभार प्रकट

इनेप्लिज २०७८ साउन २९ गते २२:५९ मा प्रकाशित

 

“नेपाल डे २०२१ “ ऱ्याली सहित महोत्सव सम्पन्न भएको छ । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको युगान्तकारी ऐतिहासीक दिन जेठ १५ (मे २९ )लाई नेपालीहरूको घनावस्ती भएको ठाउॅ न्यूयोर्क राज्यसभा बाट “ नेपाली अमरीकन सम्पदा दिवसको प्रस्ताव पारित भएको दिनलाई हर्षोल्लासका साथ विधान सभा सदस्यहरूको उपस्थितीमा नेपाल सरकारको प्रतिनिधि सहित नेपाली संघसंस्थाहरूको व्यापक सहभागितामा मे २९ का दिन न्यूयोर्कमा “हाम्रो पहिचान हाम्रो गौरव” भन्ने मूल नाराका साथ “नेपाल डे २०२१ “ ऱ्याली सहीत महोत्सव सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)को पहलमा गणतन्त्र दिवसको अवसरमा नेपाल डे लाई राज्यसभा मार्फत पारीत गर्न प्रस्ताव गर्नुहुने न्युयोर्क स्टेट एसेम्बली हुमन माननीय जेनिफर राजकुमार तथा समर्थन गर्नुहुने न्युयोर्क स्टेट एसेम्बली मेन प्रवक्ता प्रो टेम्पोर जेफ़्रियन एल अब्री साथै न्यूयोर्क राज्य विधानसभा सम्पूर्ण सदस्यहरूमा फिपनाले धन्यवाद व्यक्त गरेको छ ।

साथै यसको प्रस्ताव लेखनमा साथ दिनुहुने मित्रहरू , विधानसभा सदस्यहरूसंग सहकार्य गर्नुहुने साथीहरू साथै नेपाली अमेरीकन समुदायमा क्रियाशिल सम्पूर्ण संघ संस्थाहरूलाई फिप्नाले धन्यवाद दिएको छ ।

नेपालीहरूले अहिले सम्मकै राज्यको उच्चस्तर बाट प्राप्त गरेको यो सम्मानलाई नेपाली महा वाणी दूतावासको नेतृत्वदायी भुमिका साथै सम्पूर्ण आयोजक सदस्य संस्थाहरू , कलाकारहरू ,आयोजक समिति सदस्यहरु, आयोजक उपसमितिका संयोजक तथा सदस्यहरु,सम्पुर्ण सहभागीहरू, प्राविधिक सहयोगीहरू, संचार संस्थाहरू, संचारकर्मी , स्वयंसेवक सबैमा धन्यवाद व्यक्त गर्दछौ भनि फिप्नाले जनाएको छ ।

संस्थाले सो कार्यक्रम सम्पन्न गर्न संस्थागत तथा व्यक्तिगत,आर्थिक,भौतिक ,नैतिक , बौद्धिक सहयोग, सुझावहरू प्रति आभार व्यक्त गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा न्यूयोर्क सहरमा सन २०१६ देखी परेड सन्चालन हुदै आएकोमा विगत ३ साल देखी विवादित नेपाल परेड डे कार्यक्रमको सन्दर्भमा गत मे २७, २०२१ का दिन भएको तत्कालीन परेड संचालक , नेपाल परेड डे ईङक र फिप्ना विच भएको २ बुदे सममती पछी फिप्ना र एनआरएनए न्यूयोर्क च्याप्टर विचको सम्झौता पत्रमा हस्ताक्षर पछी आगामी दिन देखी नेपालको गणतन्त्र दिवसको अवसरमा न्यूयोर्क राज्यसभाले घोषणा गरेको नेपाली अमेरिकन हेरिटेज डे मनाउदै नेपाल परेड डे को ईतिहास जोड्दै एउटै कार्यक्रम सञ्चालन गरेर जाने सहमतिको कार्यान्वयन र सन्देश यो वर्षको नेपाल डे २०२१ बाट सुरूवात भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको पहलमा भएको , नेपालीहरूको पहिचान स्थापित भएको ऐतिहासिक दिन मे २९ नेपाल डे को सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ भनि नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)का अध्यक्ष लोक चेम्जोङले छापा बिज्ञप्तिमा जनाएका छन् ।

नेपाली अमेरीकन समुदायको ऐतिहासिक दिनलाई संस्थागत रूपमा स्थापना गर्दै नेपाल डे संस्थापक आयोजक संरक्षण समिती निर्माण गरीएको छ ,जस अन्तर्गत ४३ वटा क्रियाशील सामाजिक संघ संस्थाहरू यसको संस्थापक रहेका छन् ।

नेपाली महावाणी दुतावास संरक्षक रहेको नेपाल डे को संस्थापक संयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीका रहेको छ भने चेम्जोङ नेपाली अमेरीकन सम्पदा दिवस २०२१ , नेपाल डे आयोजक मूल समारोह समितिका लोक चेम्जोङ संस्थापक संयोजक पनि हुन् ।

नेपाली अमेरीकन समुदायको कला ,भाषा ,संस्कृती,पहिचानलाई स्थापित गर्दै नेपालको प्राकृतिक , सास्कृतिक , ऐतिहासिक पहिचान , विबिधतायुक्त भित्रको सामाजिक एकताहरू विश्व समुदायलाई देखाउन र प्रचार प्रसार गर्दा गर्वका साथ सुन्दर नेपालको विकास र सम्मृद्वीमा टेवा पुऱ्याउने हाम्रो उद्देश्य हो ।

प्रतिक्रिया