दुखद खबर ! हे भगवान ! के सुन्नु पर्यो ?
वद्रिको फेसबुक स्टाटसमा बिहानै यस्तो देखियो ।
के भयो ?
कस्लाई के भयो ?
कहाँ के भयो ?
के हो दुखद खबर ?
————– ?
उसका फेसबुक साथी तथा आफन्तहरुले यस्तै प्रश्नहरुको ओइरो लगाए।
तर प्रतिउत्तरमा वद्रिले केहि लेखेन।
आफन्त र साथीहरु केहि घण्टा आतङ्कित भए,तनावमा रहे।
पछि सोधखोज गर्दै जाँदा एक कान,दुई कान हुँदै घटना थाहा भयो –
‘ प्रधुम्नको बाइक दुर्घटनामा ज्यान गएछ ‘
यति बेला सम्म सबै जना अस्पताल परिसरमा जुटिसकेका थिए।
हस्याङ् फस्याङ् गर्दै आएका निर्मलले वद्रिको गाला चड्काइहाले।
‘ साले गधा ! तेरो दिमाग खुस्किएको छ ? त्यति स्टाटस राख्न हतार हुनेले स्पष्ट लेख्न सक्थेनस् ?’ ‘ ताल न वेतालको स्टाटस लेखेर दुनियालाई तनाव दिने ?’
के भो ? कसो भो ? भनेर त्यति धेरै प्रश्न सोध्दा जवाफ लेख्न तेरा हात भाँच्चिए ?
वद्रि घोसे मुण्टो लगाएर उभिइरह्यो।
-मित्र उराठी गौतम
अमरपुर –गुल्मी हालः बुटवल
प्रतिक्रिया