लुम्बिनीमा गठबन्धनलाई सहयोग गरेको भन्दै एमाले सांसद शाहीसँग स्पष्टिकरण माग

इनेप्लिज २०७८ साउन २९ गते ११:३१ मा प्रकाशित


रुपन्देही।लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर नवलपरासीका सांसद अजय शाही सँग नेकपा एमालेले स्पष्टिकरण माग गरेको छ।

लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी गठबन्धनलाई सहयोग गरेको भन्दै शाहीसँग स्पष्टिकरण माग गरेको हो। सांसद शाहीलाई लुम्बिनी प्रदेश सभामा एमाले सचेतक भूमिश्वर ढकालले पत्र लेखेर स्पष्टिकरण नआए कारबाही गर्ने चेतावनी दिएका हुन।पत्रमा केही दिन यताका शाहीका गतिविधिहरु दल र दलका हित विपरित सञ्चालन भैरहेको जनाइएको छ।शाहीलाई प्रदेश सरकारले बिनाविभागीय मन्त्री बनाएको छ।

शाहीले नवलपरासी पश्चिम एक खबाट सूर्य चिह्न लिएर चुनाव जितेका हुन । शाहीले आफू सूर्य चिह्नबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताएका छन।तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला ओलीलाई पनि एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया