आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक

इनेप्लिज २०७८ साउन २९ गते १०:२७ मा प्रकाशित

काठमाडौं,साउन २९।आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ।पुरुषोत्तम लामिछानेको शब्द,राजु सिंहको सङ्गीत र अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।कृष्ण महर्जनको रकेर्डिष्ट रहेको गीतमा किशोर थापाको माष्टर तथा मिक्सिङ रहेको छ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ।झुटो माया लाउदिन बरु ब्रम्हचारी बस्छु भनिएको छ गीतमा।

निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ।दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ।

भिडियो भकारी एमडिसीले निर्माण गरेको हो भने बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।गीतकार लामिछानेको का थुप्रै गीत सार्वजनिक भएका भएपनि यो पहिलो सार्वजनिक भिडियो हो।

प्रतिक्रिया