बुधबार, माघ १२ २०७८
काठमाडौं २२:५४
वासिङटन डिसी 12:09

नयाँ जनगणनाको तथ्याँक अनुसार अमेरिकामा विविधता र बहुजातीयको संख्यामा ज्यादा वृद्धि

अमेरिकामा २०२० मा एसियनहरु केवल ५.९ प्रतिशत

इनेप्लिज २०७८ साउन २९ गते १:४० मा प्रकाशित

अमेरिकाको नयाँ २०२० को जनगणनाको तथ्याँक अगस्त १२ बिहीबारको दिन जारी गरीएको छ । जनगणनाको तथ्याँक अनुसार अमेरिकामा पहिलेको भन्दा धेरै विविधता र धेरै बहुजातीय भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

“२०२० को जनगणनाको नतिजाको हाम्रो विश्लेषणले यो देखाउँछ कि अमेरिकी जनसंख्या धेरै भन्दा धेरै बहुजातीय छ, रंगभेद र जातीय हिसाबले विगतमा हामीले मापन गरेको भन्दा धेरै फरक छ,” अमेरिकी जनगणना बिभागकी निर्देशक निकोलस जोन्सले भनिन ।

विभिन्न रङ्गका मानिसहरु २०२० मा कुल अमेरिकी जनसंख्याको ४३% प्रतिनिधित्व गर्दछन् भने २०१० भन्दा ३४% ज्यादा रहेको उनको भनाइ छ ।

अमेरिकाको जनसंख्याको गैर स्पानेली स्वेतहरुको संख्या २०२० मा ५७ प्रतिशतमा झरेको छ, भने सन् २०१० भन्दा छ प्रतिशतले घटेको छ । जुन कुनै जाति वा जातीयताको सबैभन्दा ज्यादा ठूलो कमी हो।

स्पानेली बहुजातीयहरुको संख्यामा निकै वृद्धि भएको छ । अमेरिकाको २०१० देखि समग्र उमेर र १८ बर्ष भन्दा कम उमेरको जनसंख्या अधिक विविध बनेको छ ।

संयुक्त राज्य अमेरिकामा बिगत १० बर्षमा वयस्कहरुको जनसंख्या २३७ मिलियन(२३ करोड )बाट २६१ मिलियन (२६ करोड )वृद्धि भएको छ । सन् २०१० को तुलनामा २०२० मा वयस्कहरुको संख्यामा ७६ प्रतिशतबाट हल्का वृद्धि ७८ प्रतिशत पुगेको छ ।

अमेरिकाका क्यालिफोर्निया, न्यू मेक्सिको, नेभाडा, टेक्सास, डिसी ,हवाई र पुर्टोरिको-बाहेक हरेक राज्यहरुमा गैर स्पानेली स्वेतहरुको संख्या ब्याप्त रहेको छ । २०२० को जनगणना अनुसार स्वेतहरु ५७.३ प्रतिशत,अस्वेत(अफ्रिकन अमेरिकन) १२.१ प्रतिशत,स्पानेली (हिस्पानिक) १९.५ प्रतिसत तथा एसियन ५.९ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया