बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:३२
वासिङटन डिसी 15:47

मेरिल्याण्डमा भोजन बितरण गर्न गएका डोर ड्यासका चालकमाथि एकाबिहानै गोली प्रहार हुँदा चालकको मृत्यु

इनेप्लिज २०७८ साउन २८ गते २३:४५ मा प्रकाशित

मेरिल्याण्डमा भोजन(फुड)पुर्याउन गएका डोर ड्यासका चालकमाथि एकाबिहानै गोली प्रहार हुँदा चालकको मृत्यु भएको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक घरमा खाद्य पदार्थ पुर्याउन गएका ४८ बर्षिय मानिसको गोली लागि निधन भएको हो ।

उनलाई अगस्त १२ का दिन बिहानै मिचभिल क्षेत्रमा गोली हानिएको थियो । उक्त चालकलाई घर बाहिर गोली हानिएको प्रिन्स जर्ज काउन्टी प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार उक्त काउन्टीको ३७०० भवन समूहको लोट्सफोर्ड भिस्टा सडकमा करिव १२:२० मिनेटमा उक्त घटना घटेको थियो भनि एबिसी७ले समाचार लेखेको छ । प्रहरीले स्प्रिंगडेल निवासी उक्त चालक नोएल जोकु आफनै सवारी साधनमा घाइते अवस्थामा फेला परेका थिए ।

अस्पताल पुर्याए पछि केही समय पछि उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार उक्त क्षेत्रमा भोजन वितरण गर्न जाँदा उनको हत्या भएको प्रहरीले अनुमान गरेका छन् ।

डोर ड्यासका प्रवक्ताले एक वक्तव्य निकाली दुख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया