तालिवानले प्रान्त कब्जा गर्न थाले पछि अमेरिकाले अफगानिस्तानमा ३ हजार सैनिक पठाउने

इनेप्लिज २०७८ साउन २८ गते २२:२७ मा प्रकाशित

अफगानिस्तानमा तालिवानले प्रान्तहरु धमाधम कब्जा गर्दै जाँदा भयावह स्थितिको सिर्जना भएकोले अमेरिकाले ३ हजार सैनिक पठाउने भएको छ ।

साथै बिशेष प्रवेश आज्ञाको लागि निवेदन दिएका र दुतावासका कर्मचारीलाई हवाई जहाज माध्यमबाट हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सम्म ल्याउने जनाएको छ ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले अगस्त १२ बिहिबारका दिन पत्रकारहरुलाई उक्त कुरा बताएका हुन् । “हामी पक्कै पनि एयरलिफ्ट (हवाई जहाजद्वारा मद्धत ) गर्नको लागी विशेष आप्रवासी प्रवेशआज्ञा आवेदकहरुको अग्रिम अभियानलाई समर्थन गर्नको उक्त कदम चाल्नु परेको बताए ” किर्बीले भने।

“त्यसोभए हामी अनुमान गर्छौं कि हामीबाट एयरलिफ्ट(हवाई जहाजद्वारा मद्धत गर्न )आवश्यक हुनेछ, र ,हामी त्यो ठाउँमा राख्नको लागी अहिले अन्तिम योजना मा काम गरीरहेका छौं।” उनले बताए ।

किर्बीले आवेदकहरुलाई “संयुक्त राज्य अमेरिका बाहिरका स्थानहरुमा पठाइने जनाए ।” विशेष आप्रवासी भिसा (एसआईभी)आवेदकहरुलाई कहा पठाइन्छ भन्ने सही स्थान थाहा नभएको उनले बताए ।

पेन्टागनका पत्रकार सचिव जोन किर्बीले पेन्टागनले अफगानिस्तानमा ३,००० अमेरिकी सेना पठाउने निर्णयलाई “विवेकपूर्ण तयारी” भन्दै बचाउ गरे र सुझाव दिए कि खराब स्थितिको लागी योजना बनाउनको लागी यति धेरै सैनिक पठाउन आवश्यक भएको बताए ।

अहिले सम्म विशेष आप्रवासी भिसा(प्रवेश आज्ञा)का आवेदकहरु र उनीहरुका परिवारहरुलाई लिएर अमेरिकामा ६ वटा उडान आउने छन् भने जसमा ९९५ जना रहेका छन् । १५ हजार आवेदकहरु त्यही रहने छन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया