असाहय,अशक्तलाई कोरोना विरुद्धको खोप अभियान शुभारम्भ
विराटनगर,२८ साउन।प्रदेश १ सरकारले विभिन्न संरक्षण गृहहरुमा रहेका आश्रितहरुलाई कोभीड–१९ विरुद्धको खोप लगाउने कार्य आजदेखि शुरु गरिएको छ।
सामाजिक विकास मन्त्री उषाकला राईले मानव सेवा आश्रम विराटनगरमा आज देखि अमेरिकन जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको आजदेखि शुभारम्भ गर्नु भयो।
मन्त्री राईले कोभीड –१९ विरुद्धको खोप मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई लगाईने बताउँदै जेष्ठ नागरिक,अपाङ्गता अशक्त र विभिन्न केन्द्रमा संरक्षितलाई अभियानमा समेटिने जानकारी दिनु भयो।
उहाँले स्वस्थ समाज,समृद्ध नेपाल र विकासको गतिलाई अगाडि वढाउन खोप अपरिहार्य रहेकोमा जोड दिदै आश्रमलाई प्रदेश सरकारले सहयोग गरिरहेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
वडा अध्यक्ष माधवराज वाग्लेले प्रदेश सरकारले असाहयको जीवनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्नु भयो।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले नगरका तीन स्थानमा रहेका मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने जानकारी दिनु भयो।
मन्त्रालयले मानव सेवा आश्रममा,प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह,ओरेक,माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई ३५० जनालाई आज खोप लगाउने कार्यक्रम रहेको छ।
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया