ख्यास्स पुतली भन्ने शब्दका कारण बिबादमा तानिएका गायक दुर्गेश थापाले फेरी अर्काे गीत ल्याएका छन्।यसअघि ल्याएको बिच बिचमा को सिरिज ४ मा प्रयोग भएको ख्या,स्स पुतली शब्दका कारण उनलाई लोक दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने घोषणा गरेको थियो।
प्रतिष्ठानको चौतर्फि बिरोध पछि फेरी बिज्ञप्ति निकालेर सदस्यता खारेज गर्ने घोषणा मात्र गरिएको भन्दै आफ्नो गल्ती सच्याएको थियो।तर गायक दुर्गेशले भने प्रतिष्ठानको यो कदमको बिरोध गर्दै बहिष्कार शिर्षकमा गीत ल्याउने घोषणा गरेका थिए।उनले अब बिच बिचमा को सिरिज ‘बिच बिचमा–५’ ल्याएका छन् ।
उनका गीतमा यसपटक भने त्यस्ता बिरोधाभाष शब्दहरु प्रयोग गरिएको छैन।तर उनले गीत मार्फत आफ्नो विरोध गर्नेलाई गतिलै जवाफ दिएका छन्।यस गीतमा उनको आफ्नै स्वर छ भने उनलाई बसन्त थापाले साथ दिएका छन्।यस गीतको शब्द र संगीत दुर्गेश आफ्नै रहेको छ।यही गीत आएपछी पुन्य गौतम र हरी उदासीले गीतको बारेमा आफ्नो बिचार राखेका छन हेरौ भिडियो
प्रतिक्रिया