क्यानडामा ” बिस्व आदिबासी दिबस” नेपाली तथा क्यानेडेली आदिबासीहरुको सहभागिताका साथ भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७८ साउन २८ गते ४:०७ मा प्रकाशित

मिसिसागा, ” बिस्व आदिबासी दिबस ” को उपलक्षमा बृहत टोरोन्टो क्षेत्र स्थित जनजाति संगठनको सहयोग र नेपाल जनजाती संघ क्यानडाको संयोजकत्वमा बिबिध कार्यक्रम गरि भब्यताकासाथ मनाइएको छ।कार्यक्रमको शुरुमा आआफ्नो परम्परागत भेषभुषा र बाजाका साथ आदीबासी गीत र ” सयथरि बाजा एउटै ताल” को गीतमा सांस्कृतिक झाँकि प्रस्तुत गरेका थिए।त्यसपछि नेपाली जनजाति संघ क्यानडाका महासचिब गोबा राईले कार्यक्रमको मह्त्वमाथि प्रकाश पार्नु भयो। तत्पस्चात नेपाली जनजाति संघ क्यानडाका उपसभापति याम गुरुङले बिभिन्न कारण तथा सन्धिहरुले गर्दा आदीबासीहरुले आफ्नो जमिन माथिको अधिकार गुमाउन्दै जानु परेको पिडा बारे प्रकाश पार्नु भयो।

अतिथिहरुलाई स्वागत गर्नु हुदै नेपाली जनजाति संघ क्यानडाका सभापति बीरकाजी गुरुङ्ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुदै जनजातिहरुको कला,संस्कृति,भाषा ईत्यादिको संरक्षण गर्न सहकार्य गर्न जरुरी भएको र त्यसपछि आउँदो पुस्तालाई शिक्षित पार्नु पर्ने बिचार ब्यक्त गर्नु भयो।नेपाली जनजाति समुदायको तर्फबाट अतिथि बक्ता डा.हरि गुरुङले क्यानडाका जनजातिहरुले जस्तै नेपाली जनजातिहरुले पनि भेदभाबपूर्ण नितिले गर्दा धेरै आरोह अबरोहको सामना गर्नु परेको र त्यसले गर्दा जनजातिहरुले दुखदायि जीबन यापन गरिरहनु परेको बताउनु भयो।अर्का अतिथि बक्ता, जनजाति अभियानका अभियन्ता डा.सन्तमान राईले नेपालमा जनजातिहरुको अबस्थाबारे प्रकाश पार्नु हुदै आफ्नो अधिकार र पहिचानको संरक्षण गर्न धेरै नै संघर्ष गर्नु परेको बताउनु भयो भने हाल आएर स्थानिय तहको स्वायतताले गर्दा जनजातिहरुले आफ्नो मातृभाषा र संस्कृति आफ्नै भाषाको माध्यमबाट अध्ययन गर्न सम्म पाएको बताउनु भयो।सो कार्यक्रम पस्चात पंच लिम्बु,भुपाल दीपेश लिम्बुको समुहले आदिबासी गीत “बालम” प्रस्तुत गरेका थिए भने गुरुङ समुदायले तमु राष्ट्रिय गान प्रस्तुत गरेका थिए।

सो कार्यक्रम पछि क्यानडाको फ्र्स्ट नेसन समुदायको “ल्याण्ड बाय्क क्याम्पेन”का अभियन्ता एमी स्मोकले आफ्नो अभियानको बारे बताउनु हुदै आफ्नै पुर्खाको जमिन अहिले हामिले अरु कोहि बाट उधारको रुपमा लिईरहनु परेको अबस्था रहेको छ भन्नु भयो।सोहि समुहका अर्का अभियन्ता जोसे जोन्स्टनले केहि बर्ष अगाडी आफ्नो नेपाल भ्रमण बारे स्मरण गर्नु हुदै नेपाल अति सुन्दर रहेको र त्यहाँका आदिबासी समुदायसंग भेट्ने मौका पाएको बताउनु भयो।सोहि समुहले आदिबासीहरुको परम्परागत खैंजडी (ड्रम)को तालमा आदिबासी गीत प्रस्तुत गरेका थिए।सो कार्यक्रम पछि अर्का बिसेष अतिथि बक्ता नबराज गुरुङले यहाँका आदिबासी समुदाय बाट धेरैनै कुराहरु सिक्न र सो ज्ञान अरु समुदायमा बाँडन सकिने रहेको बताउनु हुदै भेदभाबपुर्ण नितिले गर्दा सो समुदायले एक पछि अर्को पुस्ताले समेत मानसिक आघात ब्यहोरिरहनु परेको बताउनु भयो।

कार्यक्रममा प्रमुख बक्ता रायर्सन बिस्वबिद्यालयको एबोरिजिनल इनिसियतिभका निर्देशक मोनिक मेककेले नेपाली जनजाति समुदायले आफ्नो पहिचान र अधिकारको संरक्षणको लागि गरेको संघर्षको प्रसंशा गर्नु हुदै सर्बतोमुखि बिकासको लागि बिस्वसनियता,जिम्मेवारीबोध तथा पारदर्शि बाताबरण महत्वपुर्ण हुन्छ भन्नु भयो।उहाँले थप्नु भयो” हामि आज यि आदिबासी दिबस खालि दिबसको रुपमा मात्र मनाइरहेका छैनौं, ज्ञान,मुल्य मान्यताको आधारमा मानबियताको संरक्षणको लागि पनि कार्य गरि रहेका छौँ”।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अर्का बिसेष बक्ता प्रा.जोसे जराटेले जनजातिहरुको भाषा,संस्कृति र परम्परागत ज्ञानको संरक्षणको लागि बिस्वभरिका जनजाति समुदाय एक भै साझा मुद्दाको रुपमा लानु पर्ने बिचार ब्यक्त गर्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिश कोलम्बियाबाट आउनु भएका आदिबासी अभियानका अग्रज अभियन्ता श्रीमति अद्रे माय्क्केले बिस्वका बिभिन्न स्थानमा रहेका आदिबासीहरु प्रकृति प्रदत्त नियममा रहि जीबन यापन गर्नुको साथै प्रकृतिको हर तरहले संरक्षण गर्ने भएकोले आदिबासीहरुनै प्रकृतिका सच्चा संरक्षक हो भन्नु भयो।साथै आफुलाई माया गरेर यो रमाइलो र भब्य कार्यक्रममा सहभागि हुने मौका प्रदान गरेकोमा नेपाली जनजाति समुदाय प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु भन्नु भयो।

 

कार्यक्रमको अन्त्यमा नेपाली जनजाति संघ क्यानडाका सल्लाहकार चन्द्र राईले सो कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने बिभिन्न महानुभाबहरु तथा जनजातिय संस्थाहरुप्रति हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।सो कार्यक्रममा बिभिन्न जनजातिय समुदायहरु शेर्पा, ह्याल्मो,थकाली, तामाङ,मगर,तमु, नेवार,राई,लिम्बु, सुनुवार,याक्खा,थारु,माझी, भोटे लगायतले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने बिभिन्न समुदायले तयार पारेर ल्याएका बिशेष स्वादका खानाहरुले अतिथिहरुलाई सत्कार गरेका थिए।क्यानडाको बृहत्तर टोरोन्टो क्षेत्रमा रहेका बिभिन्न जनजातिहरुको संस्थाहरुको सक्रिय सहयोगले कार्यक्रम भब्य भएको र समुदाय समुदाय बिचमा एकता रहेको सन्देश यो कार्यक्रमले संचार गरेको भनि सहभागि महानुभाबहरुले बिचार ब्यक्त गरेका थिए।

बिस्वमा बसोबास गरिरहेका आदिबासीहरुको अन्तरराष्ट्रिय दिबस संयुक्त राष्ट्र संघको साधारण सभाले पारित गरे पछि सन १९९४ देखि शुरु भएको मानिन्छ। यस्को खास उद्देश्य बिस्वका आदिबासी हरुको अधिकार संरक्षण गर्न जन चेतना अभिबृद्दि गर्ने हो भने यो दिबसले बिस्वको प्रमुख समस्याको रुपमा रहेको बाताबरणिय क्षय लाई सुधार गर्न आदिबासी समुदायले गरेका योगदान र उपलब्धि बारे जानकारी दिने पनि हो।

 

 

प्रतिक्रिया