आइतबार, साउन २२ २०७९
काठमाडौं २१:२२
वासिङटन डिसी 11:37

डा फौसीसँग आधारहीन बहस गर्ने सिनेटर पौलले मुखावरण सम्बन्धि गलत सुचना दिएकोमा युट्युबद्वारा खाता निलम्बन

इनेप्लिज २०७८ साउन २८ गते १:२९ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यका रिपब्लिकनका सिनेटर ,पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा प्रख्यात संक्रमण रोग चिकित्सक एन्थोनी फौसीसंग आधारहीन लिडेढिपी बहस गर्ने रान्ड पौलले मुखावरण(मास्क) सम्बन्धि गलत सुचना दिएकोमा युट्युबद्वारा खाता निलम्बन गरेको छ ।

उनले मास्क(मुखावरण)सम्बन्धि गलत श्रब्य दृश्य (भिडियो) राखे पछि एक हप्ताको लागि उनको खाता निलम्बनमा परेको छ । उनले मुखावरण कोभिड-१९ को लागि प्रभावकारी छैन भनि दाबि गरे पछि उनि कारवाहीमा परेका हुन् ।

रिपब्लिकनका दोश्रो उच्च तथाम्पका हिमायती जसले गलत सूचना दिए पछि सामाजिक संजालको अनुशासनको कारवाईमा परेका हुन् । स्वास्थ्य बिज्ञहरुले समेत मुखावरण लगाउदा संक्रमण रोक्छ भन्दा भन्दै कपडाको मुखावरणले कुनै काम गर्दैन र सजिलै पसलमा किन्ने पाइने मुखावरणले समेत काम गर्दैन भने पछि उनको खाता अस्थायी रुपमा बन्द गरिएको हो ।

युट्युबका अनुसार नीति उल्लङ्घन गरेकोमा कारवाई गर्नु परेको जनाएको छ । युट्युबले उनले राखेको श्रब्य दृश्य समेत हटाएको जनाएको छ ।

प्रतिक्रिया