मुकेशको घर अमरपुर र मामाघर वाग्ला होअमरपुरबाट फूलबारी घाट छल्दि खोलो तरेर वाग्ला पुग्ने छोटो बाटो छ।धुर्कोट हुँदै पनि अमरपुरबाट वाग्ला पुगिन्छ तर बाटो फेरो पर्छ।
लास भने पछि मुकेशलाई निकै डर लाग्थ्यो।सानै देखि लास बारे उसले विभिन्न डर लाग्दा बयान सुनेको थियो –
‘ लास हिँडाउने बाटोमा केहि गरी बाटो तल परियो भने लासले खान्छ रे।’
‘ लास बोक्ने मान्छेलाई लासले दौडाउँछ रे त्यसैले मलामीहरु छिटो छिटो हिँड्छन् रे।’
‘ लासलाई टाढै देखि औंलाले बताउन पनि हुन्न रे,औंलै झर्छ रे।’
‘ लास लिएर हिँडेका मलामीहरु गन्नु हुन्न रे।’
यस्तै यावत् कुराले लास हिँडाल्ने बाटो हिँड्न ऊ निकै डराउँथ्यो।
मामाघर नजिकै पर्ने भए पनि फूलबारी घाटको बाटो एक्लै मामाघर जाने हिम्मत हुँदैनथ्यो।
यस पटकको विद्यालय विदामा मुकेशले काकाको छोरो रमेशलाई साथी लगेर मामाघर गयो।
तीन दिन सम्म खुबै रमाएर मामाघर बसे उनीहरु।
चौथो दिन मामाघरमा खाना खाइवरी विदा भएर घर तर्फ लागे।वाग्लाबाट ओरालो ओरालो फूलबारी घाटतिर झर्दै थिए।केहि घण्टा हिँडे पछि फूलबारी घाट झर्न झण्डै १५ मिनट बाँकि थियो।माथिबाटै घाटमा धुँवा पुत्याएको देख्यो मुकेशले।
मुकेशको मुटुले धसरा छोड्यो,होश् हवास् उड्यो।
‘ घाटमा लास जलाउँदै छन् यो बाटो जान हुन्न ‘ –मुकेशले रमेश सँग भन्यो।
‘ ह्या,केहि हुन्न के,यति बाटो हिँडिसकियो अब फेरी फर्केर के अर्को बाटो जानु ?’ – निर्धक्क बोल्यो रमेश
मुकेशले ढिपी कस्यो – ‘ हैन हैन फर्किऊँ,यो बाटो गए त खत्तम भै हाल्छ।’
‘ बिग्रने काम गर्ने हैन बरु धुर्कोटको बाटो जाने।’
-मित्र ‘ उराठी ‘ गौतम , बुटवल
प्रतिक्रिया