शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:०६
वासिङटन डिसी 01:21

निर्देशक ज्ञानेन्द्र कोइरालाको निर्देशनमा सार्वजनिक भयो “झिम झिम परेली” को म्युजिक भिडियो

इनेप्लिज २०७८ साउन २७ गते २१:२४ मा प्रकाशित

गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ।राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन।

लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्माण गरिएको छ।भिडियोमा केशव भट्टराई र मेनुका माझीले सान्धर्भीक अभिनय गरेका छन।सागर पौडेल तथा टिमको छायाँकनमा रबिन तामाङ्गको नृत्य,सागर पौडेलको कलर तथा सम्पादनमा ज्ञानेन्द्र कोइरालाको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार भएको हो।भिडियोलाइ यस.यल म्युजिक युटुव च्यानल बाट सार्वजनिक गरिएको छ।हेर्नुस भिडियोमा झिम झिम परेलीः

प्रतिक्रिया