शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०७:४५
वासिङटन डिसी 21:00

डा फौसी भन्छन , शैक्षिक क्षेत्रका सम्पूर्ण शिक्षकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्छ

इनेप्लिज २०७८ साउन २७ गते ११:१५ मा प्रकाशित

अमेरिकी प्रसिद्ध संक्रमण रोग विशेषज्ञ डा एन्थोनी फौसीले शैक्षिक सँस्था तथा बिद्यालयका सबै शिक्षकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्ने कुरामा जोड दिए । उनले एमएसएनबिसीसंग कुरा गर्दा उक्त कुरा बताएका हुन् । उनि अमेरिकी राष्ट्रिय एलर्जी तथा संक्रमण रोग संस्थाका निर्देशक हुन् ।

उनले बोल्ने क्रममा भने की मेरो टिप्पणीले कसैलाई दुखित तुल्याउन सक्छ तर म भन्छु सबै शिक्षकहरुलाई अनुवारी रुपमा कोरोना बिरुद्धको खोप लगाउनु पर्ने बताए ।

उनले अमेरिकामा कोरोनाको अवस्था निकै नाजुक छ । अहिले सम्म ६ लाख १५ हजार मानिसहरु मरी सके । यो आउदो शरद् ऋतुमा अझै संक्रमण निकै माथि जाने बताए । यो गम्भीर विषय हो । खोप लगाउनु कत्तिको महत्वपूर्ण छ भन्दै मानिसहरूले कत्ति खोप लगाएको बताए ।

उनले केन्द्रिय संघीय सरकारले खोप लगाउन अनिवार्य नगर्ने बताए । उनले विद्यालय ,बिश्वबिद्यालय तथा महा बिद्यालयका शिक्षकहरुलाई अनिवार्य लगाउनु पर्ने सुझाव दिदै तर म कसैको व्यक्तिगत स्वतन्त्रमा दखल दिन चाहन्न भने । तर यो जटिल अवस्थामा दिनहु समस्या आई रहेकोले खोप अनिवार्य गर्नु पर्ने बताए।

प्रतिक्रिया