सोमबार, साउन ३० २०७९
काठमाडौं १६:०७
वासिङटन डिसी 06:22

अमेरिकामा एकै दिनमा १ लाख १८ हजार कोरोनाबाट संक्रमित ,६०८ जनाको मृत्यु

संक्रमित र मृत्यु दर आकाशिदै

इनेप्लिज २०७८ साउन २७ गते १०:४५ मा प्रकाशित

अमेरिकामा एकै दिनमा डेल्टा प्रजातिको कोरोना सहितबाट १ लाख १८ हजार ४ सय ६७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट ६ सय ८ जनाको मृत्यु भएको छ ।

गत मंगलबार अगस्त १० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । विगत दुई हप्ता देखि कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा ८६ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १८ हजार ३ सय ६३ जनाको निधन भएको छ भने दुई हप्तामा १०२ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ६६ हजार ४ सय २९ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ८५ प्रतिशतले वृद्धि भएको छ । बुधबार बिहान अगस्त ११ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ६१ लाख ५२ हजार ६ सय २० जना रहेका छन । अमेरिकामा गत मंगलबार अगस्त १० दिन ८ लाख ९९ हजार १ सय २२ जनाले कोरोना जाँच गराएका थिए ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५०.३ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५८.९ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७१.२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६१.२ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९९ लाख ६६ हजार ३ सय २१ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९०.५ प्रतिशत र पूर्ण खोप ८०.५ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४० करोड ८३ लाख २५ हजार १ सय ३५ खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकाको दक्षिण राज्य लुजियाना ,फ्लोरिडामा लगायत हवाईमा संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया