एसएसबीले तुइन काटेकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएको अध्ययनको निष्कर्ष
काठमाडौं।मानवअधिकारको क्षेत्रमा क्रियाशील जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन फुस्काइदिएकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
दार्चुलामा पुगेर स्थलगत अध्ययन गरेको समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो।
संस्थाले अधिवक्ता सन्तोष कोइराला र अधिकारकर्मी ललित विकलाई स्थलगत अध्ययनका लागि पठाएको थियो।पीडितका परिवार,आफन्त,प्रत्यक्षदर्शी, सरोकारवालासँग भेट गरी प्रतिवेदन बनाइएको अधिवक्ता कोइरालाले बताए।
सरकारलाई दबाब दिने उद्देश्यले आफूहरुले छुट्टै छानबिन समिति गठन गरी घटनास्थल पठाएको संस्थाका अध्यक्ष एकराज भण्डारीले बताउनु भयो।
प्रतिवेदनमा मान्छे तुइन तर्दै गरेको देख्दादेख्दै एसएसबीका जवानले फुस्काइदिएर अक्षम्य र मावताविरोधी अपराध गरेको उल्लेख छ।
समितिले बेपत्ता धामीको अवस्था पत्ता लगाएर तत्काल परिवारको जिम्मा लगाउन र कूटनीतिक पहल गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया