उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

इनेप्लिज २०७८ साउन २६ गते १०:५५ मा प्रकाशित

काठमाडौं।काठमाडौ उपत्यकामा भदौ ८ गते सम्म निषेधाज्ञा थप गरिएको छ।निषेधाज्ञामा उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ।

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

प्रतिक्रिया