सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५१
वासिङटन डिसी 19:06

कोरोना बिरुद्ध पूर्ण खोप लगाएकालाई ९९.९९ प्रतिशत अस्पतालमा भर्ना हुने नपर्ने -मृत्यु नहुने

इनेप्लिज २०७८ साउन २५ गते १८:११ मा प्रकाशित

कोरोना बिरुद्ध पूर्ण खोप लगाएकालाई ९९.९९ प्रतिशत कोभिड-१९ बाट संक्रमणबाट पुन:अस्पतालमा भर्ना हुने वा मृत्यु हुने सफलता नहुने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले जनाएको छ ।

अगस्त २ सम्म संयुक्त राज्य अमेरिकामा १६ करोड ४० लाख भन्दा बढी मानिसहरूले कोभिड-१९ बिरुद्ध पूर्ण खोप लगाई सकेको सिडिसीले जनाएको छ ।

ती व्यक्तिहरू मध्ये ०.०००१ भन्दा कम अर्थात् १,५०७ जना मानिसहरूको मृत्यु भएको र ०.०००५ प्रतिशत अर्थात् ७,१०१ जना अस्पताल भर्ना हुनु परेको सिडिसीले तथ्यांक निकालेको सिएनएनले जनाएको छ ।

सिडीसीले गत जुलाई २६ मा सफलतापूर्वक तथ्याङ्क प्रकाशित गरेको थियो। यी नवीनतम तथ्याङ्कहरूमा ९३८ जना थप सफलताका मामिलाहरू समावेश गरिएका थिए भने ८६२ जना अस्पताल भर्ना भएको र २४४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

सबै प्रतिवेदनमा उल्लेख गरिएका सफलताका मामिलाहरुको बारेमा तीन चौथाई (७४ प्रतिशत )मानिसहरु ६५ बर्ष या त्यो भन्दा माथिका रहेका थिए । अन्दाजी १५ सय जनाको मृत्यु भएको मध्ये ५ मध्ये १ जना कोभिड-१९ बाट नभई अर्को कारणले मृत्यु भएको सिडिसीले जनाएको छ ।

 

प्रतिक्रिया