शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:२१
वासिङटन डिसी 01:36

शिकागोमा महिला प्रहरीमाथि गोली प्रहार गर्दा मृत्यु ,अर्का प्रहरी गम्भीर घाइते

इनेप्लिज २०७८ साउन २५ गते १३:३८ मा प्रकाशित

 

 

शिकागोमा महिला प्रहरीमाथि गोली प्रहार गर्दा मृत्यु भएको छ भने अर्का प्रहरी गम्भीर घाइते भएका छन् । मृतक महिला प्रहरी इला फ्रेन्च भएको पुष्टि भएको छ । सवारी साधनलाई रोक्ने क्रममा दोहोरो गोली हानाहान हुँदा प्रहरीलाई गोली लागेको थियो ।

२९ बर्षिय प्रहरी सेवामा कार्यरत इला फ्रेन्चको गत शनिबार राती मृत्यु भएको प्रहरी विभागले उल्लेख गरेको छ । शिकागो प्रहरी बिभागको सामाजिक संजाल मार्फत आइतबार उक्त जानकारी गराईएको हो ।

सन् २०१८ देखि यसरी प्रहरी कर्तब्य(ड्युटी)मा हुँदा हुदै उनि मारिएकी हुन् । साथै ३३ बर्ष पछि कर्तब्यमा रहेका महिला प्रहरी मारिएको जनाईएको छ ।

हामी सच्चा बहादुरी कहिल्यै बिर्सने छैनौं जसको उदाहरण उनले अरुलाई बचाउनको लागी आफ्नो ज्यान दिईन ” विभागले सामाजिक संजाल (फेसबुक)मा फ्रेन्चको बारेमा भनेको छ । साथै उनका साथीहरुले “यो नायकको निधनमा दुखी हुनेछन्।” भनि लेखेको छ ।

विभागले फ्रान्सेलीको “घाइते साथी” को लागी समर्थनको लागी अनुरोध गरेको छ । जो अस्पतालमा आफ्नो जीवनको लागी लडिरहेको बताएको समाचार सिबिसी न्युजले लेखेको छ ।

 

प्रतिक्रिया