सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:१९
वासिङटन डिसी 18:34

अमेरिकी होमल्याण्ड सेक्युरिटीले ट्रम्प षड्यन्त्रबाट हिंसाको ‘बढ्दो तर मामूली’ खतराको चेतावनी

इनेप्लिज २०७८ साउन २५ गते १२:२१ मा प्रकाशित

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी(अमेरिकी गृह सुरक्षा बिभाग)ले ट्रम्पको षड्यन्त्रबाट हिंसाको ‘बढ्दो तर मामूली’ खतरा हुन् सक्ने चेतावनी दिएको छ ।

गत शुक्रबार अगस्त ६ का दिन २०२० को चुनाव धोखाधडी भएको आधारहीन दावी गर्दै तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनर्स्थापित गर्ने षडयन्त्र सिद्धान्तसँग सम्बन्धित हिंसाको लागि आह्वान गर्नेहरुद्वारा ” अनलाइन(साङ्गणिक) गतिविधि बढ्दो तर मामूली स्तर” देखेको बताएका छन् ।

“पूर्व राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिमा पुनर्स्थापित गर्ने केही षडयन्त्र सिद्धान्तहरूमा हिंसाको आह्वान समावेश छ यदि अभीष्ट (डिजायार )नतिजाहरू प्राप्त भएनन्,” भनि अमेरिकी गृह सुरक्षा विभागबाट जारी गरिएको सरकारी विज्ञप्ति प्राप्त गरेको भनि एबीसी न्यूजले समाचार लेखेको छ ।

२०२० को चुनावमा व्यापक मतदाता ठगी भएको भन्ने त्यहाँ कुनै प्रमाण छैन भनि उल्लेख गरेको छ ।

प्रतिक्रिया