आइतबार, साउन २२ २०७९
काठमाडौं २२:०२
वासिङटन डिसी 12:17

क्यालिफोर्नियामा ५ लाख एकड जमिनमा भिषण आगलागी,बासिन्दाहरुलाई घर छोड्न आदेश

अहिले सम्म कुनै मानवीय क्षति नभएको पुष्टि

इनेप्लिज २०७८ साउन २५ गते ११:३७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा ५ लाख एकड जमिनमा आगलागी भएको छ । उक्त क्षेत्रका बासिन्दाहरुलाई घर छोड्न आदेश दिइएको छ । प्लुमास काउन्टीमा करिव ३९ प्रतिशत वासिन्दालाई पुरै प्रभावित परेको छ ।

प्लुमास काउन्टीका शेरिफ कार्यलयका अनुसार अहिले सम्म कै ईतिहासमा राज्यको दोश्रो ठूलो आगजनी भएको बताएका छन् । गत आइतबार कार्यलयले जानकारी दिदै बुट,लासेन तथा तेहामा नामक काउन्टीमा डीक्सी नामक आगोको मुस्लोको कारण ज्यादै प्रभावित भएको बताए ।

आगलागी बिगत २५ दिन देखि भै रहेको कारण उक्त क्षेत्रमा ज्यादै गर्मि ,सुख्खा तथा हावा चलेको जनाएका छन ।

“यो समुदायलाई पुनर्निर्माण गर्ने हाम्रो गहिरो जिम्मेवारी छ,” क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले ग्रीनभिल शहरको भ्रमण गर्ने क्रममा बताए । जुन गत हप्ता आगोले ध्वस्त भएको थियो।

उनले विश्वव्यापी रूपमा के भइरहेको भन्दै जलवायु परिवर्तन बारेमा पनि सम्बोधन गरे । ग्रिनभिल शहरको व्यापारिक केन्द्र ध्वस जस्तो देखिन्छ भने आगोका भग्नावशेष अझै त्यहाँ देखिन्छन । प्लुमास काउन्टीका शेरिफ कार्यलयका अनुसार अझ सम्म कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएका छन् ।

डिक्सी नामक आगजनी अहिले सम्म क्यालिफोर्नियामा ११ औ हो भने गत आइतबार सम्म १०७ वटा बिशाल आगजनी १५ वटा राज्यमा लागेका छन् । अहिले सम्म झन्डै २२ लाख एकड जमिन जलेको जानकारी नेसनल इन्टरएजेन्सी फायर सेन्टर नामक संस्थाले दिएको छ ।

अहिले सम्म ८ हजार ५ सय वरुणयन्त्र सवारी साधनहरुले डडेलो निभाउन प्रयास गरि रहेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया