मंगलबार, साउन २४ २०७९
काठमाडौं २२:११
वासिङटन डिसी 12:26

अमेरिकामा कूल ६१ हजार मानिस कोरोना संक्रमितबाट अस्पताल भर्ना, औसतमा मृत्यु दर कोरोना ९२ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन २५ गते १०:५१ मा प्रकाशित

अमेरिकामा एकै दिनमा डेल्टा प्रजातिको कोरोना सहितबाट १ लाख १० हजार ३ सय ६० जना संक्रमित भएका छन् । यसैगरी कोरोनाबाट ५ सय १६ जनाको मृत्यु भएको छ ।

गत आइतबार अगस्त ८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । विगत दुई हप्ता देखि कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा ११२ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १६ हजार ५ सय ९४ जनाको निधन भएको छ भने दुई हप्तामा ९२ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ६१ हजार ९ सय १५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ९० प्रतिशतले वृद्धि भएको छ । सोमबार बिहान अगस्त ९ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ५८ लाख १२ हजार १ सय ६४ जना रहेका छन । अमेरिकामा गत आइतबार ८ लाख ९९ हजार १ सय २२ जनाले कोरोना जाँच गराएका थिए ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५०.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५८.७ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६१.१ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९८ लाख ५९ हजार ६२ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९०.५ प्रतिशत र पूर्ण खोप ८०.४ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४० करोड ७५ लाख ६१ हजार ७ सय ५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकामा एक खोप र दुवै खोप लगाउनेको कूल संख्या ३५ करोड १४ लाख ९ सय ३० पुगेको सिडिसीले जनाएको छ ।

अमेरिकाको दक्षिण राज्यका लुजियाना तथा फ्लोरिडामा एक हप्तामा संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । फ्लोरिडामा कोभिड-१९ बाट संक्रमित भएकाहरु अस्पताल भर्ना हुने संख्या गत बर्षमा वृद्धि भए जस्तै भएको छ । लुजियानामा सघन कक्षमा युवा तथा वयस्कहरुको भर्ना हुनेको संख्या निकै वृद्धि भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया