सोमबार, साउन ३० २०७९
काठमाडौं १५:२५
वासिङटन डिसी 05:40

डिसीमहानगर क्षेत्रमा सप्ताहन्तमा गोलीबारी हुँदा ३ जनाको मृत्यु ,८ जना घाइते

इनेप्लिज २०७८ साउन २५ गते ०:१५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको वरिपरि सप्ताहन्तमा गोलीबारी हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । डिसी महानगरीय प्रहरीले गत शनिबार मात्र ३ जनाको हत्या भएकोमा अनुसन्धान गरि रहेका छन् ।

प्रथम घटना गत शनिबार १:४५ बिहान डिसीको दक्षिण पश्चिम स्थित ५३ औ गल्लीमा एक जना व्यक्ति गोली लागि घाइते अवस्थामा फेला पारेका थिए । २० बर्षिय दक्षिणपूर्वका जुवान विलियम्सलाई अस्पताल भर्ना गरिएको थियो भने पछि उनको मृत्यु भएको थियो।

अन्य दुईको उपचार भै रहेको छ भने उनीहरुको खतरामुक्त रहेको प्रहरीले जानकारी दिएका छन् । त्यसैगरी मेरिल्याण्डको हयातभिलका २० बर्षिय केनडेल ब्राउनलाई करिव ४:३० बजे गोली हानि हत्या गरिएको थियो । त्यस्तै गरि आइतबार मेरिल्याण्डको फोर्ट वाशिंगटनका २२ बर्षिय आमर्ड जेफर्सनलाई पक्राउ गरि ब्राउनको हत्याको सिलसिलामा दोश्रो श्रेणीको हत्याको आरोप लगाइएको छ ।

यसै गरि गत शनिबार करिव ६:३० बजे डिसीको एक गाडी भित्र मेरिल्याण्ड स्विटल्याण्डका ६९ बर्षिय बृद्ध जेम्स बेकह्म मृतलाई गोली हान्दा उनि मृत अवस्था फेला पारेका थिए ।

यसै गरि आइतबार १२:३० बजे २ जनालाइ गोली हानिएको समाचार डब्लुटिओपीले समाचार लेखेको छ । त्यसै गरि डिसीको ३७ औ मार्गमा एक महिलालाई गोली हानिएको थियो भने उनको स्वास्थ्य अवस्था ठीक रहेको प्रहरीले जनाएका छन् ।

आइतबार अगस्त ८ का दिन डिसीको उत्तरपूर्व स्थित न्यूयोर्क एभेन्युमा बिहान ३:१० मिनेटमा ३ जनालाई गोली प्रहार गरिएको थियो ।

प्रतिक्रिया