महासंघ अध्यक्ष पोखरेलसँग ड्यालसबासीको अन्तरकृया
ड्यालस (अमेरिका) नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई रमाइलोका रुपमा गर्ने पद्धती विकास भइरहेकोमा त्यसलाई पत्रकारहरुनै निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ड्यालसको अर्भिंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले पछिल्लो समयमा युटूब सञ्चारको नयाँ माध्यमका रुपमा अघि आइरहेकोले त्यसलाई रमाइलोका रुपमा मात्र नहेरि गंभीर हुनुपर्ने बताएका हुन्।’युटुबलाई बन्द गराउने भन्ने त भएन,तर आचार संहिता बनाएर, नियमन गरेर व्यबस्थित गर्न सकिन्छ भन्नेमा पत्रकार महासंघ विश्वस्त छ’ पोखरेलले भने।
गैर आवासीय नेपालीहरुले माग गर्दै आएको दोहोरो नागरिकताका विषयमा पत्रकार महासंघ स्पष्ट रहेको र नेपाली नागरिकताको निरन्तरताले मातृभूमि नेपालको कुनै पक्षबाट पनि अहित नपुग्ने धारणा पोखरेलले राखे।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका सचिव गौरीराज जोशीले पत्रकार महासंघसँगको सहकार्यमा बिभिन्न कार्यक्रमहरु हुँदै आएको चर्चा गर्दै आगामी दिनमा अझै निरन्तरता दिइने बताए।
सोही अवसरमा एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनिल साह,उपाध्यक्षहरु विकास उप्रेती,सुमन थापा एएनएका अध्यक्ष विजयराज भट्टराई, जनसम्पर्क समितिका पूर्ब अध्यक्ष विष्णु सुवेदी,नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा लगायतले अमेरिकामा नेपाली पत्रकारिताले गरेको सहयोगका विविध पक्षमा बोलेका थिए।
नेजाको अधिवेशनमा सहभागी हुन अमेरिका आएका महासंघ अध्यक्ष पोखरेल बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने क्रममा टेक्सस आएका हुन् ।आइतबार टेक्ससको ह्युस्टनमा र मंगलबार न्युयोर्कको नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा ड्यालसमा रहेका नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया