टोकियो ओलम्पिकमा पुरुष बास्केटबलमा अमेरिकालाई स्वर्ण पदक 

इनेप्लिज २०७८ साउन २३ गते १०:२० मा प्रकाशित

टोकियो ओलम्पिकमा पुरुष बास्केटबलमा अमेरिकालाई स्वर्ण पदक प्राप्त भएको छ ।अमेरिकी बास्केटबल टोलीले फ्रान्सलाई हराई प्रथम स्थान भएका हुन् ।

प्रारम्भिक चरणमा फ्रान्ससंग पराजित भएको अमेरिकाले बदला लिई स्वर्ण पदक हात पारेको छ । शनिबार जापानको साइतामा शहरमा सम्पन्न खेलमा फ्रान्स बास्केटबल (टोकरी भकुण्डो)मा हराएको हो ।

अमेरिकालाई यो बिजयी संगै ३२ वटा स्वर्ण पदक प्राप्त भएको छ भने अहिले सम्म १०० वटा पदक प्राप्त गरि सकेको छ ।

अमेरिकी एनबिएका ब्रुकलिन नेट्सका केभिन डुरान्तले २९ अंक प्राप्त गरेका थिए ।  उनको यो तेश्रो स्वर्ण पदक हो  ।

सन् २००८ देखि अमेरिकाले हरेक ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्दै आएको छ ।

प्रतिक्रिया