बिहीबार, साउन २६ २०७९
काठमाडौं २०:३२
वासिङटन डिसी 10:47

गाइगात्राको अवसरमा आशिषले बनाए ‘बालकोटको वार्दली’

इनेप्लिज २०७८ साउन २३ गते ९:५८ मा प्रकाशित


काठमाडौं।गाईजात्रालाई हास्य र ब्याङ्ग्यको पर्वका रुपमा लिने गरिन्छ।यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा आउँने गर्दछन्।
यस्तैमा आगामी ७ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको वार्दली’ नामक ब्याङ्ग्याले भरिएको गाईजात्रा कोसेली सार्वजनिक गरेका छन्।

राजनीतिक,आर्थिक,सामाजिक लगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘बालकोटको वार्दली’मा बर्षभरी घटेका बिषयबस्तु जस्ताको तस्तै ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।‘गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती औल्याउनु हो’आशिषले थपे ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु।’

पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘ बालकोटको वार्दली’ उतैबाट सार्वजनिक गरेका हुन्।रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’,कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा काम गरेका आशिषको गाइजात्रा कोसेलीमा अर्जुन पौडेलको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ। करिव १३ मिनेटको भिडियो सहित सार्वजनिक ‘बालकोटको वार्दली’ व्यङ्ग्यात्मक प्रस्तुति दर्शक तथा श्रोताले मनपराउने अपेक्षा आशिषले लिएका छन् ।

प्रतिक्रिया