भर्जिनियामा नेपालय नेपाली मेला सांगीतिक कार्यक्रम हुने

इनेप्लिज २०७८ साउन २३ गते ०:०० मा प्रकाशित

भर्जिनिया राज्यको एनाडोल शहरमा नेपालय नेपाली मेला नामक सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी सेप्टेम्बर १७शुक्रबारका दिन उक्त कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

उक्त सांगीतिक कार्यक्रममा ख्यातीप्राप्त चर्चित कलाकारहरुको साथै स्थानीय कलाकार सहितको प्रस्तुति हुनेछ । निरन्तर रुपमा कार्यक्रम बारे अध्यावधिक (अपडेट )गरिने आयोजकको तर्फबाट अभिजित राई तथा आशिष संग्रौलाले ईनेप्लिजलाई जानकारी दिएका छन्।

उक्त कार्यक्रममा प्रत्यक्ष प्रसारण सांगीतिक(लाइभ म्युजिकल कनसर्ट ) कार्यक्रम रहने छ भने उक्त स्थानमा नेपाली खानाका परिकार समेतको प्रदर्शन कक्ष हुनेछ ।

सांगीतिक कार्यक्रम पछि डिजे कार्यक्रम समेत रहने जनाईएको छ । उक्त कार्यक्रमको लागि जो कसैले पनि अभिजित राई -703 678 3317 तथा आशिष संग्रौला-202 702 1642 मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया