आज २०७८ साउन २२ गत ।कोलकाताका दुई सस्थाहरु श्री श्री जानकी माता नेपाली धार्मिक संघका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपाली केन्द्रीय सेवा संघका चेयर मेन गुन्जराज श्रेष्ठले एक समारोहका बीच मेलम्चीका बाढी पीडितहरुको आवास निर्माण सहयोगार्थ नगरपालिकाका मेयर डम्बर अर्याललाई नगद पाँच लाख हस्तान्तरण गर्नु भयो।
यसैगरी कोलकाताबाट प्रकाशित “सम्झना” पत्रिकाको अन्क ७ को लोकार्पण पनि गरिएको थियो।
कार्यक्रममा पूर्व सूचना प्रविधि तथा संचार मन्त्री एवं आपद व्यवस्थापन संयोजक सासद मोहन बस्नेत,सासद देवशंकर पौडेल,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली,नेपाली काङ्ग्रेस उद्योग विभाग सदस्य मसिना, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको उपस्थिति रहेको थियो।
यसैगरी श्रीश्री श्री जानकी माता नेपाली धार्मिक संघका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपा माता नेपाली धार्मिक संघका सस्थापक अध्यक्ष बलबहादुर श्रेष्ठ, संरक्षक गणेश प्रधान,सल्लाहकार मोहन सिह,सम्पर्क विभाग प्रमुख अनिल पाण्डेय,सदस्य किशोर थापा,नेपाली महिला कल्याणकारी कोष महिला समितिका उपाध्यक्ष विन्दा श्रेष्ठसमेतको उपस्थिति रहेको थियो।
यसैगरी श्रीश्री श्री जानकी माता नेपाली धार्मिक संघ नेपाली महिला कल्याणकारी कोष महिला समितिका सल्लाहकार नारायण श्रेष्ठ,सचिव रमिता कार्की, सदस्यहरु शर्मिला कार्की आदिको समेत उपस्थिति रहेको थियो।
कोलकातामा रहेका नेपाली समुदायले रक्तदान,एम्बुलेन्स सेवा,साहित्यिक सम्मेलनहरुको आयोजना,गङगा सागर मेलामा यात्रीहरुलाई सेवा सुविधा सेवा सुविधा प्रदान गर्दै नेपाली सास्कृतिक पर्वहरुको आयोजनालगायत कार्यहरु सम्पन्न गर्दै आएको छ भने यसअगि पनि नेपालमा समस्या पर्दा सहयोग गर्दै आएको छ।
प्रतिक्रिया