अमेरिकामा डेल्टा प्रजातिको कोरोना सहितबाट एकै दिनमा ४३९ जनाको मृत्यु ,१ लाख १ सय संक्रमित
संक्रमित वृद्धि ११९ प्रतिशत तथा अस्पताल भर्ना दर ८२ प्रतिशत उच्च
अमेरिकामा एकै दिनमा डेल्टा प्रजातिको कोरोना सहितबाट १ लाख १ सय ९९ जना संक्रमित भएका छन् । यसैगरी कोरोनाबाट ४ सय ३९ जनाको मृत्यु भएको छ ।
गत बिहिबार अगस्त ५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।
विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा ११९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १५ हजार ४ सय ८ जनाको निधन भएको छ भने दुई हप्तामा ७४ प्रतिशतले मृत्यु दर बढेको छ ।
अमेरिका ५२ हजार ६ सय ३६ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ८२ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार बिहान अगस्त ६ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ५५ लाख ६५ हजार ५ सय ३२ जना रहेका छन ।
अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५८.२ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७०.४ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.८ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९८ लाख ५ हजार ५ सय ९३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९०.२ प्रतिशत र पूर्ण खोप ८०.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म ४० करोड ३० लाख ४७ हजार ९ सय ४५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाका अर्कन्सस,मिसिसिपी ,लुजियाना ,फ्लोरिडा तथा अलाबामा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया