शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:२२
वासिङटन डिसी 03:37

अलास्कामा दृश्यावलोकनको लागि उडेको उदग्रविमान दुर्घटना हुँदा विमानचालक सहित ६ जनाको मृत्यु

इनेप्लिज २०७८ साउन २२ गते १०:४७ मा प्रकाशित

अलास्कामा पर्यटनहरुलाई दृश्यावलोकनको लागि उडेको उदग्रविमान (हेलिकप्टर )दुर्घटना हुँदा विमानचालक सहित ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना दक्षिणपूर्व अलास्कामा गत बिहिबार अगस्त ५ का दिन भएको अमेरिकी तटरक्षक(कोस्टगार्ड )ले जानकारी दिएका छन् ।

एमएच-६० जेहक नामक उदग्रविमान (हेलिकप्टर ) लाई दुर्घटनाग्रस्त अवस्थामा २:३७ मिनेटमा अमेरिकी तटरक्षकले आकाशबाट फेला पारेका थिए । उद्धारटोलीका पौडीवाजका अनुसार कोहि पनि जीवित नभएको बताएका छन् ।

उक्त उदग्रविमानमा सिएनएनका अनुसार ५ जना यात्री र एक जना बिमान चालक रहेको जनाएको छ । दुर्घटनाको समयमा क्षेत्रमा धुलो र हल्का वर्षा भएको थियो भनि अमेरिकी तटरक्षक(कोस्टगार्ड )ले जनाएका छन् ।

तस्बिर :एनबिसी न्यूज

प्रतिक्रिया