गायक धुव्र जिसी को ”तिजको लखेटो रेल आयो जनकपुर “ भिडियो सहित

इनेप्लिज २०७८ साउन २२ गते ९:४८ मा प्रकाशित

काठमाण्डौं।नेपाली नारिहरुको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरु रामु रिजाल , धुव्र जिसी , शक्ति छिनाल , मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ”तिजको लखेटो रेल आयो जनकपुर “ गीतको भिडियो सार्वजनिक भएको छ।

तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ।यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप उजागर गरेको पनि हामि पाउँदछौं।तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्रास उत्पन्न रहेको छ ।नेपाली मौलिक लोक सभ्यतालाई संरक्षण गदैँ नेपाली नारीको मनको भावलाई गीत मार्फत आम दर्शक तथा स्रोता माझमा ल्याएको गायक धुव्र जिसीले बताए।

धुव्र जिसीको शब्द तथा लय सिर्जना र तारानाथ आचार्यको एरेन्ज गीतमा रहेको छ। गीतमा दाजु भाई र दिदि बहिनी विचको भलाकुसारीलाई समेटिएको छ । दिपसन खड्काको छायाँकन , भुपेन बानियाँको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।”तिजको लखेटो रेल आयो जनकपुर “ गीतको भिडियोमा सलिना क्षेत्री , सीता रोक्का ,सुनिल बानिया ,देवेन्द्र घिमिरे लगायत कालाकारको अभिनय तथा नृत्य गीतमा रहेको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

प्रतिक्रिया