टोखा नगरपालिका ६ को प्रशासनिक भवन बन्ने भयो

इनेप्लिज २०७८ साउन २२ गते ३:२९ मा प्रकाशित

काठमाडौ । टोखा नगरपालिका बडा नं ६ को प्रशासनिक कार्यालय बन्ने भएको छ । सो कार्यालयको शुक्रबार शिलान्यास भएको छ ।
टोखा वडा ६ स्थित हात्तिचोक स्थित सार्बजनिक जमीनलाई सदुपयोग समेत गर्ने गरी सोही ठाउंमा प्रशासनिक कार्यालय भवन निर्माण प्रक्रिया प्रारंभ भएको छ ।
२ करोड २९ लाख ३८ हजार २ सय १२ रपियांमा निर्माण गर्ने गरी टेण्डर समेत भैसकेको छ । नब सिर्जनशील कण्टक्सन कम्पनी प्राली र नगरपालिकाबीच ठेक्का सम्झौता पनि भैसकेको छ ।
प्रशासनिक भबनको शिलान्यास गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आफुहरु निर्बाचित भएर आएपछि टोखा नगरपालिकामा बिकास निर्माण देखि जनताका हरेक काम समयमै गरिएको र पुर्बाधार बिकासका दृष्टिले ८० देखि ८५ प्रतिशत सम्म कार्य सम्पन्न भएको जानकारी गराउनुभएको छ ।


नगर प्रमुख निर्बाचित हुनु अगाडि आफुले जनता समक्ष गरेका प्रतिबद्धता धेरै पुरा गरिसकेको र बांकी समयमा पनि उल्लेख्य कार्य हुने बिश्वास पनि नगर प्रमुख अधिकारीले दिलाउनुभएको छ । उहांले नगरपालिकाका कुनै पनि वडा धुलाम्यय र हिलाम्य हुनुहुदैन भन्दै कही पनि गर्न बाकी छ भने नगरप्रमुृखको हैसियतले सहयोग गर्ने बिश्वास समेत ब्यक्त गर्नुभएको छ ।
नगर प्रमुख अधिकारीले आफ्नै कार्यकालमा नगरपालिका भबन बनिसक्ने र बडा कार्यालय भबन नभएका वडामा पनि भबन बन्ने जानकारी गराउनुभएको छ । सो भबन निकै अगाडि निर्माण गरिसक्ने बडाध्यक्ष केसि सहित बडा कार्यालयको योजना रहेको थियो तर भबन निर्माण स्थलको सामान्य बिबादले गर्दा केहि समय ढीला हुन गएको बताइएको छ ।


बडाध्यक्ष केसीले जनताको माया र बिश्वासले गर्दा भबन निर्माण कार्य अगाडि बढेको भन्दैै खुशी ब्यक्त गर्नुभएको छ ।
बडाध्यक्ष महेश्वर केसीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा सदस्य शान्ता खनाल , बडा सदस्य एबं न्यायिक समितिका चन्द्र श्रेष्ठले वडाबासीको अपेक्षा पुरा गर्न आफुहरु लागिरहेको र आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बडा ६ को प्रशासनिक कार्यालय भबन निर्माणसंगै सोही भबनमा आधारभुत स्वास्थ्य केन्द्र पनि संचालन हुने छ ।

शिलान्यास समारोहमा टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल , ११ वटै बडाका बडाध्यक्षहरु , सदस्यहरु , टोखा नगरपालिकाका कर्मचारीहरु , ६ नं बडाका कर्मचारीहरु , बडा ६ का बिशिष्ट ब्याक्तिहरुको पनि सहभागिता रहेको थियो .

[email protected]

प्रतिक्रिया