शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १२:०१
वासिङटन डिसी 02:16

आगामी सेप्टेम्बरमा पूर्ण खुराक खोप लगाएकाले पुन लगाउनु पर्ने : एफडीए

इनेप्लिज २०७८ साउन २१ गते २३:५८ मा प्रकाशित

एफडीएले सेप्टेम्बरको शुरुमा कोभिड -१९ को बुस्टर(अभिवर्धक )खोप लगाउने एक राष्ट्रिय रणनीति बनाउने भएको समाचार सिएनएनले प्रकाशित गरेको छ । सिएनएनका अनुसार प्रशासनका एक अधिकारीले उक्त बिषयमा आन्तरिक छलफलहरू भएको र रणनीति तय गर्नको लागी सेप्टेम्बरको प्रारम्भको छेउछाउ केन्द्रित रहने जनाएका छन् ।

यो रणनीति पूर्ण खोप लगाएका मानिसहरूको लागी लागू हुनेछ। रोग प्रतिरोधक क्षमता तथा भाइरस(बिषाणु )बाट बढी जोखिमको सामना गर्नेहरुको लागी निर्णय चाँडै आउने बताएका छन् ।

एफडीए प्रवक्ता एबी क्यापोबिअङ्कोले सीएनएनलाई दिएको एक वक्तब्यमा एफडीए सिडिसी लगायतसंग अन्य स्वस्थ्य संस्थाहरुसंग अभिवर्धक( बूस्टर) खुराकको उपयोग  सम्बन्धी प्रश्नहरूको सम्भावित समाधानको मूल्यांकन गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया