सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५४
वासिङटन डिसी 19:09

न्यूयोर्कका गभर्नर कुमोले ११ जना महिलालाई यौन उत्पीडन गरेको अभियोगमा महा अभियोग अनुसन्धान करिब पूरा

इनेप्लिज २०७८ साउन २१ गते २२:५१ मा प्रकाशित

न्यूयोर्क राज्यले गभर्नर एन्ड्रु कुमोले ११ जना महिलालाई यौन उत्पीडन गरेको अभियोगमा महाअभियोग अनुसन्धान करिब पूरा भएको समाचार सिएनएनले लेखेको छ ।

कुमो बिरुद्ध यौन उत्पीडनबाट पीडित भन्दै थुप्रै महिलाहरुले उजुरी र आरोप लगाए पछि न्यायाधिवक्ताले गरेको अनुसन्धानमा उनले यौन उत्पीडन गरेको ठहर गरेको थियो । अब उनलाई उम्किन निकै गाह्रो पर्ने छ । उनि माथि अविश्वासको मत गर्ने तयार समेत भएको छ ।

उक्त पत्र सिएनएनले प्राप्त भएको समेत जनाएको छ । अगस्त ५ का दिन न्यूयोर्क न्यायिक समितिको भेलाले कुमोको अधिवक्तालाई पत्र पठाउदै अनुसन्धान करिव समाप्त हुन् लागेको जनाएको छ ।

बिहीबार पठाइएको पत्रमा, न्यु योर्क राज्य विधानसभा न्यायपालिका समितिको महाभियोग छानबिनका लागि काम गर्ने वकिलले कुमोका वकिलहरुलाई सूचित गरे कि “समितिको छानबिन पूरा हुन लागेको छ र विधानसभाले चाँडै नै तपाइँको ग्राहक बिरुद्ध महाभियोग लगाउने सम्भावित धाराहरुमाथि विचार गर्नेछ।” भन्ने कुरा उल्लेख गरेको छ । समितिका वकिलहरूले कुमोलाई अगस्त १३ भन्दा अगाडी सम्म अतिरिक्त प्रमाण वा लिखित निवेदन पेश गर्न आमन्त्रित गरेका छन् ।

केही दिन अगाडी मात्र राष्ट्रपति जो बाइडेनले पनि उनले अब राजिनामा दिनु पर्ने सुझाव दिएका थिए । बिगतमा पीडित महिलाहरुले कुमोले अनुचित व्यवहार गरेको लगायत उनकै कार्यालयमा काम गर्ने पूर्व कर्मचारी २५ बर्षिय चार्लोट बेनेट तथा लेंजी बोइलानले गभर्नरले यौन उत्पीडन गरेको आरोप लगाएका थिए ।

गत मार्च १ का दिन ३३ बर्षिय एना रुच नामकी महिलाले गत सेप्टेम्बर २०१९ का दिन एक बिहे समारोहमा शरीरको पछाडी तल्लो भागमा हात लगाएको न्यूयोर्क टाइम्सलाई बताएकी थिइन् ।

बिगतमा गभर्नर कार्यालयले न्यू योर्क राज्यका महान्यायाधिवक्ता र अपील अदालतको मुख्य न्यायाधीशले यस सम्बन्धमा राजनीतिक संलग्नता नभएका निजी अभ्यासमा स्वतन्त्र र योग्य वकिलको छनौट गर्न संयुक्त रुपमा यस विषयमा गहन समीक्षा गर्न र सार्वजनिक प्रतिवेदन जारी गर्न आग्रह गरेको गभर्नरको कार्यलयले बिज्ञप्ति समेत जारी गरेको थियो ।

उनि दिनहु विवादको दलदलमा फसेका छन् भने बिगतमा कोरोना संक्रमितको संख्यालाई समेत लुकाएको आरोप लागेको थियो ।

प्रतिक्रिया