बिहीबार, साउन २६ २०७९
काठमाडौं २०:११
वासिङटन डिसी 10:26

“सपनीका झड्का”

गीति कविता

                दुर्गा दाहाल २०७८ साउन २१ गते २१:४४ मा प्रकाशित

आधी रातको सपनीमा
कता कता टोलाई रन्छु,
अन्तरज्ञानको भित्री मनले
मायालुलाई बोलाई रन्छु ।।

भन्छु मनै मनले अनि,
तिम्रै साथमा सँधै रुन्छु,
जीन्दगीका तीता मिठा
सुटुक्कमा तिमीलाई भन्छु ।।

आनन्दीको सपनीमा
कालो बादल मडारिन्छ,
सबै दिलका भाव खोले,
तीता मिठा बढारिन्छ ।।

सपनीको दौड भित्र
अघिपछि भै नै रन्छ,
जवानीका क्षणहरू
पलपल मै गई नै रन्छ ।।

आयौं हामी सुरु सुरु
सुनको त्यो बिहानीमा,
यात्री थियौँ सबै हामी
भेला भयौं पृथीवीमा ।।

एक दिन उड्नु पर्छ
भस्म भई खरानीमा,
भगवानको सृष्टि यस्तै
गन्ती भयौँ मलामीमा ।।

प्रकृतिको बगैंचामा
इनद्रेणीका लहरहरू,
समयको घडी चल्दा
छुट्टिन्छन् दुई पहरहरू ।।

मनभित्रका डढेलोले
जल्ने दिलका प्रबलहरू,
आधी रातको जुनेलीमा
सपनीका लहरहरू ।।

–   दुर्गा दाहाल

प्रतिक्रिया