सोमबार, असोज ४ २०७८
काठमाडौं १४:३०
वासिङटन डिसी 04:45

अमेरिकाको टार्गेट खुद्रा पसलले अध्ययन गर्ने कर्मचारीको शिक्षण दस्तुर १०० प्रतिशत तिर्ने

इनेप्लिज २०७८ साउन २१ गते ११:०९ मा प्रकाशित

अमेरिकाको ठूला खुद्र पसल मध्ये टार्गेट खुद्रा पसलले अध्ययन गर्ने कर्मचारीको शिक्षण दस्तुर तिरी दिने भएको छ । केही दिन अगाडी वाल्मार्ट,चिपोतले ,स्टारबक्स आदिले घोषणा गरे पछि गत बुधबार टार्गेटले उक्त घोषणा गरेको छ ।

महामारी पछिको अवस्थामा नया कर्मचारीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले उक्त घोषणा समेत गरेको हो । आफ्ना कर्मचारीलाई १०० प्रतिशत ट्युसन् फी (शिक्षण अस्पताल) को साथै पुस्तक समेत किनी दिने भएको छ ।

काम गर्ने सहायकलाई पूर्वस्नातक(अन्डरग्राजुएट)तहको लागि आर्थिक सहयोग गर्ने जनाएको छ । साथै टार्गेटले अस्थायी तथा स्थायी कर्मचारी दुवैलाई उक्त सुविधा दिने बताएको छ । करिव ४० वटा संस्थाहरुबाट अध्ययनलाई पनि निरन्तरता दिने कर्मचारीले उक्त अवसर पाउने छन् ।

टार्गेटले जनाए अनुसार स्नातकोत्तर कार्यक्रमको लागि १० हजार डलर प्रत्येक बर्ष सम्म उक्त बिद्यालय/बिश्वबिद्यालयलाई भुक्तानी गर्ने छ भनि सिएनबिसीले समाचार प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया