मंगलबार, साउन २४ २०७९
काठमाडौं २२:३७
वासिङटन डिसी 12:52

स्रोतको अनुमति लिएर मात्र सामग्री सम्प्रेषण गर्न÷गराउन काउन्सिलको आग्रह

इनेप्लिज २०७८ साउन २१ गते ११:०७ मा प्रकाशित

काठमाडौँ,सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्न÷गराउन प्रेस काउन्सिलल नेपालले आग्रह गरेको छ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

बैठकले “सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्री तथ्यहीन,भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन,२०७६) को दफा (१३) मा “समाचार तथा समाचार सामग्री प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने” व्यवस्था रहेको छ।

सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहीन,भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले पैंतीस दिनभित्र काउन्सिलमा लिखित वा अनलाइन मार्फत् उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ।

 

प्रतिक्रिया