सोमबार, असोज ४ २०७८
काठमाडौं १४:५५
वासिङटन डिसी 05:10

टेक्ससमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु ,२० जना घाइते

इनेप्लिज २०७८ साउन २१ गते १०:४३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको इंसिनोमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको टेक्सस जन सुरक्षा बिभागले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा भ्यान(सवारी साधन)२८१ राजमार्ग नजिक भएको थियो ।

गत बुधबार बिहान अगस्त ४ का दिन दुर्घटना भएको जन सुरक्षा बिभागका नाथन ब्रानडलीले बताए । प्रहरीका अनुसार उक्त सवारी साधनभित्र ३० जना यात्री रहेका थिए भने उनले दाहिने मोड्नु पर्दा सडक मुनि खसेको थियो ।

उक्त सवारी साधन फलामे खम्बामा ठोकिन गएको थियो । प्रत्यक्षदर्शिका अनुसार उक्त सवारी साधन द्रुत गतिमा चलेको बताएका थिए । दुर्घटना पछि चालक सहित अन्य यात्रीहरुको घटना स्थलमै मृत्यु भएको समाचार सिएनएनले उल्लेख गरेको छ ।

उनीहरु कागजात नभएका यात्रीहरु रहेको विश्वास गरिएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया