सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१३
वासिङटन डिसी 03:28

डिट्रोइट म्याराथुन २०२० को अभियान “सिरहा-सप्तरी कम्पुटर ल्याब प्रोजेक्ट” हस्तान्तरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ साउन २१ गते १:११ मा प्रकाशित

 

जनता माध्यमिक बिद्यालय सुखिपुर, सिरहाको कम्प्युटर ल्याब डिट्रोइट म्याराथुन २०२० को अभियान, एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) को सहकार्य मा सुरु गरिएको “सिरहा-सप्तरी कम्पुटर ल्याब प्रोजेक्ट” हस्तान्तरण कार्यक्रम क्रमश: २०२१ जुलाई ३१ र अगस्ट १ मा सम्पन्न भएको छ।

यस अभियान अन्तर्गत सिराहा र सप्तरीका क्रमश: जनता माध्यमिक सुखिपुर,जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी माध्यमिक को इलाडी तिलाठीमा प्रत्येक बिद्यालय को लागि २० थान कम्प्युटर,एक थान प्रिन्टर र एक थान प्रोजेक्टर गरि जम्मा ६० थान कम्प्युटर,तिन थान प्रिन्टर र तिन थान प्रोजेक्टर प्रधान गरिएको छ,जडित सबै कम्पुटर तथा प्रिन्टरहरुलाई नेटवर्किंग को ब्यबस्था पनि गरिएको छ।

प्रत्येक बिद्यालयमा बिद्यार्थीहरु,शिक्षकहरु,आन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्र,स्थानीय समन्वय कर्ता ई. सुरेन्द्र कुमार साह,स्थानीय निकाय तथा बिद्यालय ब्यबस्थापन समिति का प्रतिनिधीहरु र स्थानीय जनसमुदायको उपस्थितिमा कम्प्युटर ल्याब हस्तान्तरण समारोह सम्पन्न भएको थियो।

तेह्रथुम जिल्लाको जलजलेमा जन्म भै हाल अमेरिका को इन्डियानामा बस्दै आएका डा.ओम दाहालले २०२० डिट्रोइट म्याराथुन अन्तर्गत एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा ) सँगको सहकार्यमा यो अभियानको २०२० अक्टोबर मा सुरु गरेका थिए।विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपाली सहितका २३८ जना सहयोगी महानुभाबहरु बाट प्राप्त नेपाली रकम रु १३,६९,३०० (तेह्र लाख उनान्सत्तरी हजार तिन सय ) को लागतमा उक्त तिन वटा कम्प्युटर ल्याब को निर्माण सम्पन्न भएको हो।ल्याबको लागि कक्षा कोठा र फर्निचरको ब्यबस्था भने बिद्यालयहरु आफैले गरेका थिए।

बिगत पाँच वर्ष देखि हरेक वर्ष म्याराथन दौडदै आएका दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई,शुभ चिन्तक र सहयोगी संघ संस्थाहरुसँग सहकार्य गरि फण्ड संकलन गरेर उक्त फण्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन्।सन् २०१६ मा इन्डिन्यापोलिस मोनुमेन्टल म्याराथन मार्फत तेह्रथुममा एम्बुलेन्स,सन् २०१७ मा शिकागो म्याराथुन मार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालय मा छात्रा मैत्री शौचालय,सन् २०१८ को मरिन कप्र्स म्याराथुन वार्सिटन डिसी मार्फत तेह्रथुमको शंकर र जन ज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याब ,सन् २०१९ को न्युयोर्क म्याराथुन मार्फत जाजरकोट का ४ वटा बिधालयहरू शिब शंकर,दीपेन्द्र,भगवती र श्री शंकर भवन माध्यमिक बिधालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको दाहालले जानकारी दिएका छन्।

जनता चेथरु जितन माध्यमिक बिद्यालय कविलासी  सुखिपुर, सिरहाको कम्प्युटर ल्याब

कम्प्युटर ल्याब हस्तान्तरण समारोह को एक झलक

कम्प्युटर ल्याब हस्तान्तरण समारोह को एक झलक

 

 

 

प्रतिक्रिया