ग्रामिण क्लब हाउसले दियो धरानमा खाद्यन्न सहयोग
इनेप्लिज
२०७८ साउन २० गते २२:५० मा प्रकाशित
धरान । सुनसरीको ग्रामिण क्लब हाउसले धरानमा रहेको विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
अमेरिकामा बस्दै आएका समाजसेवी छिरिङ राप्के लामा, बुद्धि सुवेदी र मुकुन्द सुवेदीको विषेश पहलमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६, ८ र १५ का ३२ घर विपन्न परिवारलाई खाद्यन्न सामागी वितरण गरिएको हो ।
सो खाद्यन्न वितरण कार्यक्रम जेष्ठ नागरिक शिवकुमारी सुबेदी, ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदी, सचिव तारादेवी सुवेदी लगायतको उपस्थितीमा चामल, नुन, तेल लगायतका खाद्यन्न वितरण गरिएको क्लवका सचिव तारादेवी सुवेदीले बताइन् ।
यसअघि पनि क्लबले छिरिङ राप्के लामा, मुकुन्द सुवेदीको पहलमा सुनसरीका विभिन्न स्थानीय तह, धनकुटा, काठमाडौं लगायतका स्थानहरुमा अति विपन्न र कोरोना संक्रमणको बेला समस्यामा परेका मजदूर लगायतलाई खाद्यन्न सहयोग गरेको थियो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया