सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०१
वासिङटन डिसी 03:16

न्यूयोर्कका गभर्नर कुमोले यौन उत्पीडन गरेको महा न्यायाधिवक्ताले ठहर गरे पछि बाइडेनले राजिनामा दिनु पर्ने सुझाव

इनेप्लिज २०७८ साउन २० गते ११:३० मा प्रकाशित

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो बिरुद्ध यौन उत्पीडनबाट पीडित भन्दै थुप्रै महिलाहरुले उजुरी र आरोप लगाए पछि न्यायाधिवक्ताले गरेको अनुसन्धानमा उनले यौन उत्पीडन गरेको ठहर गरेको छ । यो ठहर गरेको पाइएकोले उनि माथि अविस्वासको मत तथा जताततै उनको बिरोध सुरु भएको छ ।

राष्ट्रपति जो बाइडेनले पनि उनले अब राजिनामा दिनु पर्ने सुझाव दिएका छन् । बाइडेनले राज्य बिधानसभाले निर्णय लिन सक्ने तर आफूलाई यस बिषयमा पूरा ज्ञान नभएको पत्रकारहरुलाई बताए । गत मंगलबार बिहान उनले कैयौ महिलालाई यौन उत्पीडन गरेको ठहर गरेको थियो ।

अनुसन्धानको लामो वक्तब्य समेत जारी गरेका थिए । बिगतमा पीडित महिलाहरुले कुमोले अनुचित व्यवहार गरेको लगायत उनकै कार्यालयमा काम गर्ने पूर्व कर्मचारी २५ बर्षिय चार्लोट बेनेट तथा लेंजी बोइलानले गभर्नरले यौन उत्पीडन गरेको आरोप लगाएका थिए ।

मार्च १ का दिन ३३ बर्षिय एना रुच नामकी महिलाले गत सेप्टेम्बर २०१९ का दिन एक बिहे समारोहमा शरीरको पछाडी तल्लो भागमा हात लगाएको न्यूयोर्क टाइम्सलाई बताएकी थिइन् ।

उनलाई दुई जना उनकै पूर्व कर्मचारीले यौन उत्पीडनको आरोप लगाए पछि उनले न्यूयोर्कका महान्यायाधिवक्ता र प्रमुख न्यायाधीशलाई यौन उत्पीडन दावीहरूको समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह गरेका थिए ।

गभर्नर कार्यालयले गभर्नर बिरुद्ध लगाईएको यौन उत्पीडनका दाबीहरुको समीक्षा गर्न चाहन्छ भनि एक वक्तब्यमा उल्लेख गरिएको थियो ।

गभर्नर कार्यालयले न्यू योर्क राज्यका महान्यायाधिवक्ता र अपील अदालतको मुख्य न्यायाधीशले यस सम्बन्धमा राजनीतिक संलग्नता नभएका निजी अभ्यासमा स्वतन्त्र र योग्य वकिलको छनौट गर्न संयुक्त रुपमा यस विषयमा गहन समीक्षा गर्न र सार्वजनिक प्रतिवेदन जारी गर्न आग्रह गरेको गभर्नरको कार्यलयले बिज्ञप्ति समेत जारी गरेको थियो ।

उनि दिनहु विवादको दलदलमा फसेका छन् भने बिगतमा कोरोना संक्रमितको संख्यालाई समेत लुकाएको आरोप लागेको थियो ।

प्रतिक्रिया