मेरिल्याण्डमा भूकम्प
इनेप्लिज
२०७८ साउन २० गते ११:१२ मा प्रकाशित
अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार बिहान भूकम्पको सानो धक्का आएको छ । मेरिल्याण्ड राज्यको मध्य भागमा बुधबार अगस्त ४ का दिन आएको भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
उक्त भूकम्पले बिहानीपख केही भाग हल्लिएको छ । अमेरिकी भूगर्भविदका अनुसार २. १ मापनको भूकम्प मेरिल्याण्ड राज्यको क्लार्क्सभिललाई केन्द्र बिन्दु बनाएर आएको थियो ।
बुधबार बिहान २:११ मिनेट जाँदा करिव १.८ माइल्स जमिन मुनि कम्पन गएको थियो । भूकम्प आएको २ घण्टा भित्र २ सय जना भन्दा ज्यादाले महसुस गरेको प्रतिक्रिया दिएका थिए ।
उक्त भूकम्पको महसुस मेरिल्याण्ड राज्यको होवार्ड,मोन्टगोमेरी,प्रिन्स जर्ज तथा क्यारोल काउन्टीका वासिन्दाले प्रतिक्रिया गरेका छन् भनि डब्लुटिओपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया