सोमबार, असोज ४ २०७८
काठमाडौं १४:०८
वासिङटन डिसी 04:23

अमेरिकामा कोरोनाबाट अस्पताल भर्ना हुने दर ७९ प्रतिशत तथा मृत्यु दर ४९ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन २० गते १०:४० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ९२ हजार ५ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट ३ सय ७१ जनाको मृत्यु भएको छ । गत मंगलबार अगस्त ३ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १३९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १४ हजार १ सय ४ जनाको निधन भएको छ भने दुई हप्तामा ४९ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाको विभिन्न राज्यहरु मध्ये लुजियाना राज्यमा कोरोना संक्रमितहरुले अस्पताल पुरै भरिएका छन् ।

अमेरिकामा ७ लाख ६९ हजार ६ सय ९१ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ४१ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ४७ हजार ३ सय ९३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ७९ प्रतिशतले वृद्धि भएको छ । बुधबार बिहान अगस्त ४ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ५३ लाख २५ हजार २ सय ४३ जना रहेका छन ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.९ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७०.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.६ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९७ लाख ५६ हजार ५ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९० प्रतिशत र पूर्ण खोप ८०.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४० करोड १२ लाख २९ हजार ९ सय ७५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाका अर्कन्सस,मिसिसिपी ,लुजियाना ,फ्लोरोड़ा तथा अलाबामा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया