सोमबार, असोज ४ २०७८
काठमाडौं १३:३५
वासिङटन डिसी 03:50

पेन्टागनका प्रहरीलाई गाडी बिसौनीमा छुरा प्रहार गरि हत्या ,संदिग्ध मारिए

इनेप्लिज २०७८ साउन २० गते २:२३ मा प्रकाशित

 

अमेरिकाको पेन्टागनका एक प्रहरीलाई गाडी बिसौनीमा छुरा प्रहार गरि हत्या गरिएको छ । मंगलबार बिहान डिसी क्षेत्रमा संचालित एक महानगरीय यात्रीयान (मेट्रो बस )मा उक्त घटना घटे पछि प्रहरीले संदिग्धलाई गोली प्रहार गरि ढालेका थिए ।

छुरा प्रहार गर्नेको ज्यान गएको छ भने गोलीबारी चलाउंदा कैयौ घाइते भएका छन । पेन्टागनका अधिकारीले जानकारी गराउदै उनि कर्तब्यमा भएको समयमा मारिएको बताए ।

उक्त मारिएका प्रहरीले उक्त क्षेत्रमा हजारौ मानिसलाई सुरक्षित गर्दै आएका थिए भने व्यवसायिक तथा बहादुर पेन्टागनका प्रहरी थिए ।

मंगलबार दिउसो प्रहरीले पत्रकार सम्मेलनमा पेन्टागनका प्रहरी प्रमुख विड्रो कुसले घटना पछि उक्त स्थान सुरक्षित रहेको जनाएका थिए । उनले घटनाको बिस्तृत जानकारी दिएनन । उक्त घटना बिहान १०:४० मिनेटमा भएको प्रहरी प्रमुखले बताएका थिए ।

छुरा प्रहार पछि प्रहरीको निधन भएको समाचार  डब्लुटिओपीले लेखेको छ । पेन्टागनका प्रहरी मारिए पछि झन्डा आधा झुकाईएको छ ।

प्रतिक्रिया