सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१९
वासिङटन डिसी 03:34

अमेरिकामा गुरुङहरु खेले : नेपालको गाउँघरकै जस्तै “ढुंगा ” को ठेलो हान्ने खेल

इनेप्लिज २०७८ साउन २० गते १:४८ मा प्रकाशित

फलामको छेलो होईन,नेपालको गाउँगाउँमा खेलिने गिर गिर दगुर्दै “ढुंगा ” फ्याँक्ने ठेलो हान्ने आकर्षक खेल – प्रतियोगिता भर्जिनियामा सम्पन्न भएको छ।

भर्जिनियाको वुडब्रिज स्थित पोटोम्याक नदीको किनारमा अवस्थित – भानु जयन्ती हुने गरेको – बडो मनोरम पार्क लेज्लीभानिया स्टेट पार्कमा यही जुलाई २८ तारिकका दिन आयोजित ” तमु धीं ,भर्जिनिया ” को बनभोजमा खेलिएको ठेलो हान्ने खेल – प्रतियोगितामा लमजुंगका उमेश गुरुङले सबैलाई जितेर प्रथम भए। लमजुंगकै जिबन गुरुङ दोश्रा भए भने मनांगका नन्द गुरुङ तेश्रा भए।उपस्थित बयोबृद्ध – नेपाली सेनाका निवृत्त लेफ्टीनेन्ट कर्नेल मोहन गुरुङले प्रथम बिजेता उमेश गुरुङलाई फेटा गुताई दिएर पुरुष्कार प्रदान गरेपछी – आयोजक संस्थाका अध्यक्ष नन्द गुरुङले अबिर लगाई दिएपछी पहलमान उमेश गुरुङलाई – अबिरजात्रा सहित बोकेर पार्क परिक्रमा गराउँदा – दुई सय जती गुरुङहरु उपस्थित बनभोज रमाईलो र कार्यक्रम भब्य देखिएको थियो।नेपालमा चाहिं – पन्चे बाजा बजाउँदै गाउँ परिक्रमा गर्ने चलन छ र यसरी ठेलोमा जितेर प्रथम हुने ब्यक्ती गाउँको सबैभन्दा बलियो पहलमान मानिन्छ।

नेपालको गाउँ गाउँको जात्राहरुमा ठेलोमा जित्ने मान्छे गाउँकै हिरो हुन्छ भने जिल्लाकै ठुलो जात्रामा जित्ने मान्छे त जिल्लाकै हिरो हुन्छ – सबैले मान्छन्। उदाहरणको लागी – म्याग्दी जिल्लाको सानो ठुलो सबै जात्राहरुमा खेलिने ठेलो मा : जहिलेपनी धारापानी गाउँका नरबहादुर थापाले जित्ने गरेकाले,उनलाई ” धारापानीको माल ” भनेर पुकारिन्थ्यो – उनी म्याग्दी जिल्लाकै हिरो थिए – धारापानीको माल को नाती बाल्टिमोरबासी मोहन थापा भन्छन्।

नेपालको रास्ट्रिय खेलकुद प्रतियोगितामा “छेलो ” नामले खेल्ने गरिएको यो खेल हाल: टोकियोमा चलिरहेको ओलम्पिक गेममा पनी फलामको ठेलो खेलिएको छ र संसारैभरी खेल्ने गरिएको ढुंगाको ठेलो खेल बिकाशक्रमले लोप हुँदै गएकोले,अमेरिकामा नेपालको संस्कृती संरक्षणको प्रयासस्वरुप ” ढुंगाको ठेलो खेल ”
खेलेका हौँ -आयोजक संस्था ” तमु धीं,भर्जिनिया ” का अध्यक्ष श्री नन्द गुरुङले बताए।

 

प्रतिक्रिया