अमेरिकामा खोप नलगाएकाहरुले अस्पतालको सघन कक्षबाट पश्चाताप गर्दै सन्देश,औसतमा १४२ प्रतिशत सक्रमण वृद्धि
अस्पताल भर्ना ८३ प्रतिशत र मृत्यु दर २७ प्रतिशत वृद्धि
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ८५ हजार ८ सय ६६ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट ३ सय ४१ जनाको मृत्यु भएको छ । गत सोमबार अगस्त २ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।
विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४२ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १३ हजार ४ सय ३६ जनाको निधन भएको छ भने दुई हप्तामा २७ प्रतिशतले मृत्यु दर बढेको छ ।
अमेरिकाको विभिन्न राज्यहरु मध्ये लुजियाना राज्यमा कोरोना संक्रमितहरुले अस्पताल पुरै भरिएका छन् । अमेरिकामा खोप नलगाएकाहरुले अस्पतालको सघन कक्षबाट पश्चाताप गर्दै खोप नलगाएकोमा पश्चताप गर्दै सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।
अमेरिकामा ७ लाख ६९ हजार ६ सय ९१ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ४१ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ४६ हजार ४ सय ४७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ८३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बिहान अगस्त ३ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ५१ लाख ७५ हजार ४ सय ५५ सय रहेको छ ।
अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.८ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७० प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.६ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९७ लाख १७ हजार ५ सय ३७ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९.९ प्रतिशत र पूर्ण खोप ८०.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म ४० करोड ६ लाख ७५ हजार ५ सय २५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाका टेक्सस ,अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया