अनेसास एसिया समितिमा सल्लाहकारहरुको चयन

इनेप्लिज २०७८ साउन १९ गते ९:५० मा प्रकाशित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसिया समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको अध्यक्षतामा बसेको एसिया समितिले एसियाका विभिन्न देशहरुबाट सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिको सल्लाहकारहरुमा वरिष्ठ साहित्यकार प्रा.डा.गार्गी शर्मा (नेपाल),समालोचक डा.नेत्र एटम (नेपाल), संगीतकार सुष्मा ओमाता (जापान),साहित्यकार प्रा.डा.कविता लामा (सिक्किम,भारत),साहित्यकार मुक्ति बराल (सिलगढी, भारत),साहित्यकार तीर्थ सङ्गम राई (कतार) र अनेसास एसिया समितिका निवर्तमान संयोजक नीशा अर्याल रहनु भएको छ।

 

अनेसासले क्षेत्रीयस्तरमा गठन गरेको अनेसास एसिया समितिले क्षेत्रीयस्तरमा कोरिया र भारतको दार्जिलिङमा पहिलो र दोस्रो एसियास्तरिय नेपाली साहित्य सम्मेलनहरु सम्पन्न गरिसकेको छ।

यसैगरी कोरोनाको कारण वर्तमान विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रमहरुको पनि आयोजना गर्दैआएको छ।साथै कोरिया सम्मेलनको स्मारिका प्रकाशन गरिसकेको छ भने दार्जिलिङ सम्मेलनको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिरहेको छ।

बाबा बस्नेत,

संयोजक
अनेसास एसिया समिति

प्रतिक्रिया