खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इनेप्लिज २०७८ साउन १९ गते १:१७ मा प्रकाशित

जानुका राई,खोटाङ-खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ।

संस्थाका अध्यक्ष डा.कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको संस्थागत सक्रियतामा संचालन गरिरएको “अक्सिजन पठाउ आफन्तको ज्यान वचाउ” अभियानले पहिलो चरणमा थरमल गन,कन्सनट्रेटर छी मेसिन,पल्सअक्सी मिटर,इन्ट्यूवेसन सेट,अक्सिजन माक्स्,सक्सन ट्यूव,गाइड्लर एरवेज,थ्रिवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन,प्यासेन मनिटर,स्टाण्ड माउन्टेड,एन्टिजेन टेस्ट कीट जम्मा चौविस लाख साठीहजार दुईसय रकमको स्वास्थ्य सामग्री खोटाङ जिल्लाभरिका जनताका लागि हस्तान्तरण गरिएको हो।

पहिलो चरणको स्वास्थ सामाग्रीहरु भने खोटाङ जिल्लाका दसवटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रहोबरमा हस्तान्तरण गरिएको हो।

संस्थाका अध्यक्ष डा.कोयीले जिल्लाभरिका कोभिडका गम्भिर विरामीहरू कोभिड जिल्ला अस्पताल खोटाङमा नै उपचार गर्न आउनु पर्ने हुन्छ र सबै कोभिडका बिमारीहरुले संस्थाद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री सही ढंगले उपयोग गर्न अवसर मिलोस् भन्ने उद्देश्यका साथ संस्थाको निर्णय बमोजिम दोस्रो चरणको स्वास्थ सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको कुरो जानकारी गराएका थिए।

खोटाङ सेवा समाज युके संस्था खोटाङ जिल्ला भरिका जनताहरूका समस्या र पीडामा मलम बनेर सेवा पुराउने उद्देश्यले स्थापना गरिएको विशुद्द सामाजिक संस्था हो।संस्था एउटा संवाहक मात्रै हो।बच्चादेखि बृद्धअवस्थाका वेलायतवासी खोटाङे नगरिकहरूले आफ्नो गाँस काटेर हृदयले गरिएको यो सेवा समर्पण हो। यो सद्भावलाई सम्मानसाथ सम्वन्धित निकायले जिल्लाभरिका जनताको पीडा कम गर्न सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गर्दै जिल्ला प्रमुख अधिकारी शर्मा,जिल्ला स्वास्थ्य प्रमुख डा.सिग्देल र जिल्लाका डा.वैभव मलिक समक्ष संस्थाका अध्यक्ष डा.कोयी,सल्लाहकार निवर्तमान अध्यक्ष रत्न राई,उपाध्यक्ष भाग्यवती राई, उपाध्यक्ष प्रसाद राई लगायतले भावुक हुँदै मन्तव्यको क्रममा अनुरोध गरेका थिए।

संस्थाका महासचिव भोलाविक्रम राईद्धारा संचालन गरिएको उक्त भर्चुवल कार्यक्रममा अध्यक्ष डा. कोयीले वेलायतवासी सम्पूर्ण दाताहरुलाई खुलेरै प्रशंसा र धन्यवाद व्याक्त गर्दै भविस्यमा पनि जिल्लावासीहरुका लागि मनैले सेवा पुराउने प्रतिवद्धता पनि जाहेर गरेका थिए।र कोभिड पूर्णरूपमा अन्त भए पछि बाँकी रहेको स्वास्थ सामग्रीहरु पालिकाकाहरूलाई उपलब्ध गराउनु पर्छ भन्ने खोटाङ जिल्ला प्रमुख अधिकारी मित्रलाल शर्मासमक्ष अनुरोध गरेका थिए र जिल्ला प्रमुख शर्माले पनि संस्था र अध्यक्षको अनुरोधलाई सम्मान साथ पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

प्रतिक्रिया