कोरोना भाइरस अति उच्च संक्रमण हुने १६ वटा राष्ट्रमा भ्रमण गर्न जोखिम : सिडिसी
नयाँ प्रजातिको डेल्टा भाइरसको वृद्धिसंगै अति उच्च संक्रमण हुने भएकोले १६ वटा राष्ट्रमा भ्रमण गर्न जोखिम हुने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सूची तयार गरेको छ ।
अगस्त २ सोमबारका दिन जोखिम स्तर उच्च हुने राष्ट्रहरुमा ग्रिस,आयरल्याण्ड,अमेरिकी भर्जिन आइल्याण्ड लगायतको नाम सार्वजनिक गरेको छ । साथै सिडिसीले स्तर ४ सम्मको जोखिम हुने भएकोले उक्त राष्ट्र तथा गन्तव्यहरूमा यात्रा नगर्न समेत चेतावनी दिएको छ ।
दुवै अर्थात् पूर्ण खोप लगाएकाले भने यात्रा गर्न गर्न सकिने जनाएको छ तथापि पूर्ण खोप लगाएको छैन भने यात्रा नगर्न मार्गनिर्देशन दिएको छ ।
पूर्ण खोप लगाएकाहरु संक्रमित हुने कम जोखिम भएता पनि जोखिम हुन् सक्ने बताएका छन् । उक्त गन्तव्य राष्ट्र र स्थानमा बिगत २८ दिन देखि १ लाखमा ५ सय दैनिक संक्रमित भै रहेको अवस्था रहेकोले उच्च जोखिम भएको सिडिसीले जनाएको छ ।
सिडिसीले कोरोना संक्रमित हुने अति उच्च वर्गमा राखिएका राष्ट्रहरुमा अन्डोरा,गिबरालटर,ग्रिस,इरान,आयरल्याण्ड, काजक स्थान,माल्टा,लिबिया,सेन्ट मार्टिन लगायत रहेका छन् भनि सीएनएनले समाचार लेखेको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया